काठमाडौँ । सिंगटी हाइड्रो इनर्जी लिमिटेड प्रमुख प्रवर्द्धक रहेको ह्याविट्याट पावर कम्पनी लिमिटेडले सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले आफ्नो पूँजीकाे ५५ करोड रुपैयाँको २० प्रतिशत अर्थात १०० रुपैयाँ अकितका दरको ११ लाख कित्ता सेयर निष्कासन गर्ने भएको हो ।
कम्पनीले सेयर निष्कासन गरी बाँडफाँड गर्न मुक्तिनाथ क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धकमा नियुक्त गरेको छ । कम्पनीले जारी पूँजीको १० प्रतिशत अर्थात ५ लाख ५० हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय वासिन्दाहरूको लागि र बाँकी १० प्रतिशत अर्थात ५ लाख ५०, हजार कित्ता साधारण शेयर सर्वसाधारणहरुलाई जारी गर्ने जनाएको छ ।
सेयर निष्काशन सम्बन्धी सम्झौतापत्रमा ह्याविट्याट पावरको तर्फवाट कार्यकारी अध्यक्ष बटु लामिछाने तथा मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द ध्वज जोशीले हस्ताक्षर गरेका छन् ।
कम्पनीले पाँचथरमा ९.९ मेगावाट क्षमताको हेवाखोला ए साना जलविद्युत आयोजना निर्माण गरिरहेको छ । ७० प्रतिशत निर्माण पूरा भएको आयोजनाको काम यही चैतभित्र सम्पन्न गर्ने लक्ष्य रहेको छ । आयोजना सम्पन्न गरिसक्दा प्रति मेगावाट लागत १९ करोड रुपैयाँ रहने अनुमान गरिएको छ ।