काठमाडौँ । लिवर्टी इनर्जी कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले ७५ कराेड रुपैयाँ बराबरकाे हकप्रद सेयर निष्कासन गर्न अनुमति दिएको हो ।
धितोपत्र बोर्डबाट अनुमति पाएसँगै अब लिवर्टी इनर्जीले चुक्तापुँजीको १ः०.५ अनुपातमा अर्थात ५० प्रतिशत हकप्रद सेयर आफ्ना सेयरधनीहरूलाई बिक्री खुला गर्नेछ । जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ७५ लाख कित्ता हकप्रद सेयर जारी गर्नेछ।
हकप्रद बिक्रीपछि कम्पनीको चुक्तापुँजी २ अर्ब २५ करोड रुपैयाँ पुग्नेछ । लिवर्टी इनर्जीको हकप्रद बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ ।
कम्पनीले २५ मेगावाटकाे माथिल्लाे दाेर्दी ए जलविद्युत आयाेजना निर्माण सम्पन्न गरीसकेकाे छ ।