Sunday, January 19, 2025
spot_img

सुपर माईको साधारणसभा सम्पन्न, ५.६३१ प्रतिशत नगद र ७ प्रतिशत बोनस सेयर पारित

spot_img

Share

spot_img

काठमाडौँ । सुपर माई हाइड्रो पावर लिमिटेडको १०औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीको मंसिर २८ गते सभा सम्पन्न भएको हो ।

सभाले आर्थिक वर्ष (आव) २०८०/८१ सेयरधनी सदस्यहरुका लागि ५.३६१ प्रतिशत नगद लाभांस र ७ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ । २०८०/८१ सम्मको संचित मुनाफाबाट सेयरधनीहरूलाई चुक्ता पुँजीको ५.६३१ प्रतिशतले हुने २ करोड ८१ लाख ५७ हजार ८९४ नगद लाभांश वितरण गर्ने प्रस्ताव स्वीकृत गरेको छ ।

यसैगरी, चुक्ता पुँजीको ७ पतिशत अर्थात ३ लाख ५० हजार सेयर कित्ताको प्रतिकित्ता १०० रुपैयाँका दरले ३ करोड ५० लाख रुपैयाँ बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ । आगामी वर्षहरूमा पनि सेयरधनीहरूलाई प्रतिफल दिई रहने कम्पनीले जानकारी दिएको छ ।

कम्पनीले विद्युत् बिक्री वापत भएको नाफाबाट सेयर धनी सदस्यहरूलाई बोनस सेयर र नगद लाभांश वितरण गरेको हो । कम्पनीले आव २०८०/८१ मा ७ करोड ३ लाख ३ हजार ६९० रुपैयाँ नाफा कमाएको कम्पनीका अध्यक्ष अशोककुमार खड्काले बताए ।

उनले कम्पनीलाई यो अवधिसम्म आइपुग्न सहयोग तथा विश्वास गर्ने सहकर्मी, सेयरधनी, सञ्चालक, बैंक तथा वित्तीय संस्था, राजनीतिक दल लगायत सबैलाई आभार व्यक्त गरे ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img