Saturday, June 27, 2026
spot_img

४८.८ मेगावाटको खिम्ती–२ जलविद्युत् आयोजनाः सुरुङ खन्ने काम अन्तिम चरणमा

spot_img

Share

spot_img

काठमाडौँ । दोलखा र रामेछापको सिमा भएर बग्ने खिम्ती खोलामा निर्माणाधीन ४८.८ मेगावाटको खिम्ती–२ जलविद्युत् आयोजनाको काम द्रुत गतिमा अघि बढेको छ । पिपुल्स इनर्जी लिमिटेडले निर्माण अन्तिम चरणमा पुर्याएको जलविद्युत आयोजनाले एकवषभित्र उत्पादन थाल्ने लक्ष्य राखिएको छ ।

आयोजनाका पावरहाउस, सुरुङ, बाँध सबै क्षेत्रको काम एक द्रुत गतिमा अघि बढेको आयोजनाका रेसिडेन्ट इन्जिनियर प्रदिप नेपालले बताए । आयोजनाको विद्युत् गृह क्षेत्रको सिभिल संरचनाको काम अन्तिम चरणमा पुगेको छ ।

‘इलेक्ट्रो मेकानिकल उपकरण जडानको काम सुरु भइसकेको छ, यसको काम पनि ६/७ महिनाभित्र सम्पन्न हुन्छ,’ उनले ऊर्जा संचारसँग भने, ‘आयोजनाका लागि आवश्यक पर्ने ८ किलोमिटर लामो सुरुङमध्ये करिब ३०० मिटर मात्र खन्ने काम बाँकी रहेको छ । सुरुङको फिनसीङको काम पनि भइरहेको छ ।’ यसैगरी, आयोजनाको बाँध क्षेत्रको काम पनि अन्तिम चरणमा पुगेको छ ।

आयोजनाको विद्युतगृहमा तीन वटा टवाईन जडान गरिनेछ । आयोजनाको सबै संरचनाको काम पूरा गरी एक वर्षभित्र उत्पादन थाल्ने कम्पनीको लक्ष्य ।

आयोजनाको सिभिल निर्माण हाइ हिमाल कन्ट्रक्सनले गरिरहेको छ । हाइ हिमाल नेपालमा सुरुङ निर्माणमा प्रख्यात नेपाली कम्पनी हो ।

कम्पनीले सुरुवातमा यो आयोजना ३ वर्षमा सम्पन्न गर्ने गरी इपिसिएफ (इन्जिनियरिङ, खरिद, निर्माण तथा वित्तीय व्यवस्थापन) मोडलमा निर्माण गर्न चीनको च्वङक्विङ वाटर टर्वाइन वर्क (सिडब्ल्युटिडब्ल्यु) कम्पनीलाई जिम्मा दिएको थियो । सबै प्रक्रिया पूरा गरी आयोजनाको काम थाल्ने समयमा कोरोना (कोभिड–१९) महामारी सुरु भएकाले चिनियाँ कम्पनीका प्राविधिक तथा कामदार चीनबाट नेपाल आउन नसकेपछि कम्पनीले नेपालकै हाइ हिमालय हाइड्रो कन्स्ट्रक्सन कम्पनीसँग सम्झौता गरी सिभिलको काम अघि बढाएको हो ।

आयोजना सम्पन्न गर्न ८ अर्ब ६४ करोड रुपैयाँ लागत अनुमान गरिएको छ । आयोजनामा सानिमा बैंकको अगुवाईमा अन्य ९ बैंकले ऋण लगानी गरेका छन् । आयोजना सम्पन्न भई आउँदा वार्षिक २६ करोड युनिट विद्युत उत्पादन हुनेछ । हिउँदको उत्पादन साढे ४ करोड युनिट र बर्खाको उत्पादन साढे २१ करोड युनिट उत्पादन हुनेछ ।

दोलखाको जिरी नगरपालिका जिरीसिक्री दोभान पहिरेबाट खोला फर्काएर खिम्ती–१ जलविद्युत आयोजनाभन्दा ३०० मिटर माथि तामाकोसी गाउँपालिका वडा नं. ७ मा विद्युतगृह बनाइ विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ । उत्पादीत विद्युत् २ किलोमिटर दुरीमा रहेको गर्जाङ–खिम्ती प्रसारण लाइनमा ‘लुप इन लुप आउट’ गरी जोडिनेछ । आयोजनाको सुरुङ, विद्युतगृह दोलखाको जिरी नगरपालिका वडा नंम्बर ८, ९ र तामाकोसी गाउँपालिका वडा नम्बर ७ मा तयार हुने छ ।

आयोजनाको सिभिल तर्फबाट हाइ हिमाल कन्ट्रक्सन, हाइड्रोमेकानिकलको ग्लोबल हाइड्रो अष्ट्रिया, र इलेक्ट्रोमेकानिकलको काम क्रिम हाइड्रोले पाइप र सिबीएमल भारतीय कम्पनीले गेटको काम गर्ने गरी ठेक्का पाएको छ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img