Friday, March 28, 2025
spot_img

लक्ष्मीपुर सुरुङ्गा फ्युज सेवा तथा महसुल संकलन काउन्टर उद्घाटन

spot_img

Share

spot_img

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरण बोदेबरसाईन वितरण केन्द्रले लक्ष्मीपूर सुरुङ्गा फ्युज सेवा तथा महसुल संकलन काउन्टर सञ्चालनमा ल्याएको छ । मधेश प्रादेशिक कार्यालय प्रमुख शम्भु कुसियैत यादवको प्रमुख अथित्यतामा फ्युज सेवा तथा महसुल काउन्टरको उद्घाटन सम्पन्न भएको छ ।

ग्राहकहरूलाई प्रवाह गरिने सेवालाई थप गुणस्तर, पारदर्शी र दिर्घकालीन बनाउने यो काउन्टर सञ्चालनमा ल्याइएको केन्द्रका प्रमुख ई.संयोग विश्वकर्माले बताए । उनका अनुसार कार्यालय सञ्चालनका लागि सुरुङ्गा नगरपालिकाले निशुल्क भवन उपलब्ध गराएको छ ।

काउन्टर सञ्चालनमा आएसँगै नगरपालिकाका वडा नम्बर १, २, ३, ४, ५ र ७ का १० हजार बढी ग्राहक लाभान्वित हुनेछन् । यहाँबाट ग्राहकहरूले विद्युतको महसुल बुझाउने, फ्युज लगायतका सेवाहरू लिन सक्नेछन् ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img