Friday, March 28, 2025
spot_img

ढल्केबर–मुजफ्फपुर लाइनको क्षमता ११०० मेगावाट पुर्याइने

spot_img

Share

spot_img

काठमाडाैँ । ढल्केबर–मुजफ्फपुर ४०० केभी अन्तर्देशीय प्रसारण लाइनको आयात-निर्यात क्षमता बढाएर ११०० मेगावाट पुर्याउने सहमति भएकाे छ । नेपाल-भारत संयुक्त प्राविधिक टोली (जेटीटी) को नयाँ दिल्लीमा भएको १६ औं बैठकमा ढल्केबर–मुजफ्फपुर प्रसारण लाइनको विद्यमान क्षमतामा थप १०० मेगावाट बढाउन सहमति भएकाे हाे ।

९०० मेगावाटकाे अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रवर्द्धक सतलजले ढल्केबर-सीतामढी ४०० केभीको लाइन निर्माण सम्पन्न गरेपछि नेपालले ढल्केबर-मुजफ्फपुरबाट ११०० मेगावाट निर्यात गर्न पाउने गरी सहमति भएको जनाइएकाे छ । जेटीटीकाे १४औं बैंठकले याे लाइनकाे क्षमता ६०० मेगावाटबाट ८०० मेगावाट पुर्याएकाे थियाे । फेरि १५औं बैठकले ८०० मेगावाटबाट विस्तार गरेर १००० मेगावाट पुर्याएकाे थियाे ।

४०० केभी डबल सर्किटको यो प्रसारण लाइनको प्राविधिक क्षमता २००० मेगावाट हो । तर भारतले ढल्केबर-मुजफ्फपुर प्रसारण लाइनमा ‘एन माइनस वान’ लगाएको छ । एउटा बिग्रेमा अर्काेबाट चलाउने भन्दै क्षमता खुम्चाइएको छ । यो प्रसारण लाइन उपयोग गरेबापत नेपालले भारतलाई वार्षिक एक अर्ब रुपैयाँ तिर्नु पर्छ ।

जेटीटीको उक्त १६ औं बैठकले चमेलिया-जौलीजीवी २०० केभी प्रसारण लाइनको अध्ययन र त्यसलाई कार्यान्वयन गर्ने सहमति पनि भएको छ । बैठकले ४०० केभीका दुई ठूला प्रसारण लाइन कोहलपुर–लखनउ र हर्नेया-मोतीहारीको पनि नयाँ अध्ययन गर्ने सहमति गरेको छ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img