काठमाडाैँ । सुनसरीका तीन स्थानीय तहले सडकबत्तीको पाँच करोड ९१ लाख ६० हजार बक्यौता तिर्न बाँकी रहेको छ। इटहरी उपमहानगरपालिका, रामधुनी नगरपालिका र बराक्षेत्र नगरपालिकाले सडकबत्तीको बक्यौता तिर्न बाँकी रहेको हाे ।
बक्यौता तिर्न पटक–पटक सूचना जारी गरे पनि हालसम्म नतिरेको नेपाल विद्युत् प्राधिकरण इटहरी वितरण केन्द्रका प्रमुख रामउदगार साहले जानकारी दिए । इटहरी उपमहानगरले तीन करोड ७७ लाख ४० हजार, बराहक्षेत्र नगरपालिकाले एक करोड ३५ लाख २५ हजार र रामधुनी नगरपालिकाले रु ७८ लाख ९४ हजार बक्यौता तिर्न बाँकी रहेको छ