Thursday, February 19, 2026
spot_img

बुढीगण्डकीलाई अगाडि बढाउन सके १७ हजार बढीले रोजगारी पाउने

spot_img

Share

spot_img

काठमाडौँ, । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले १२०० मेगावाटाकाे बुढीगण्डकी जलविद्युत अायाेजनालाई मात्र अगाडि बढाउन सकियाे भने १७ हजार बढीले राेजगारी पाउने बताए ।

नेपाली कांग्रेसको शुभेच्छुक संस्था सेन्टर फर डेमोक्रेटिक इञ्जिनीयर्स एसोसियसन (सिडेन)को आयोजनामा ललितपुरमा आयोजना गरेको भविष्य निर्माणः नवप्रवर्तन लचिलोपन र दिगो विकास सम्बन्धी दोस्रो राष्ट्रिय सम्मेलनमा बोल्दै उनले यस्ताे बताएका हुन् ।

उर्जामन्त्री खड्काले सन् २०३५ सम्म २८ हजार ५०० मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य सरकारले लिएको भन्दै उक्त लक्ष्य पुरा गर्दा थुप्रै इन्जिनीयरले रोजगार पाउने उल्लेख गरे । उनले मुलुकको विकासका लागि इन्जिनीयरको सहयोग र सल्लाह अझ बढी आवश्यक रहेको बताए । इन्जिनीयर विना देश विकास हुन नसक्ने मन्त्री खड्काको भनाई थियो । उर्जामन्त्री खड्काले निजी क्षेत्रलाई साथमा लिएर अगाडि बढ्न चाहेको बताए ।

यसैगरी, उनले मुलुकको विकासमा इन्जिनीयरको महत्वपूर्ण भूमिका रहेको बताए । “विकास निर्माणमार्फत समृद्ध मुलुक निर्माण गर्न सरकार लागेको छ, यसमा इन्जिनीयरको महत्वपूर्ण भूमिका रहन्छ,”– उनले भने, ।

मन्त्री खड्काले गुणस्तरीय पूर्वाधार निर्माणमा सबैले ध्यान दिनुपर्ने बताए । उनले मुलुकको आर्थिक विकासका लागि बाधक भएका कानुन संशोधन गर्दै अगाडि बढ्न सरकार लागेको बताए ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img