Friday, July 11, 2025
spot_img

प्राधिकरणकाे श्वेतपत्रः प्राविधिक कारणले अनिश्चितकालका लागि स्थगित

spot_img

Share

spot_img

काठमाडाैँ । नेपाल विद्युत प्राधिकरणले आज जारी गर्न लागेको श्वेतपत्र अनिश्चितकालका लागि स्थगित गरेको छ । प्राधिकरणको वर्तमान स्थिती देखाउनका लागि जारी गर्न लागेको श्वेतपत्र आज सार्वजनिक नहुने भएको छ ।

प्राधिकरणले प्राविधिक कारण देखाउँदै श्वेतपत्र आज जारी नहुने सूचना दिएको छ । ‘अर्को सूचना नआउँदासम्मको लागि नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक ज्यूबाट श्वेतपत्र जारी गर्ने कार्यक्रम केहि प्राविधिक कारणले गर्दा स्थगित गरिएको व्यहोरा अनुरोध छ’ सूचनामा लेखिएको छ ।

वित्तीय अपारदर्शिता र क्यासफ्लोबारे उठेका प्रश्नहरूलाई सम्बोधन गर्न प्राधिकरणले श्वेतपत्र जारी गर्ने तयारी गरेको छ । श्वेतपत्रमा घिसिङको कार्यकाल, देखाइएको नाफा, खर्चको वास्तविकता र प्राधिकरणको हालको आर्थिक अवस्था समेटिने बताइएको थियो ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img