Sunday, December 7, 2025
spot_img

लमजुङमा ३०० मेगावाट विद्युत उत्पादन

spot_img

Share

spot_img

काठमाडाैँ । जलविद्युत् ‘हब’ बन्दै गएको लमजुङमा १७  आयोजनाले विद्युत् उत्पादन गरिरहेका छन् । जिल्लास्थित मस्र्याङ्दी नदी, दोर्दी, मिदिम, ङादी, स्याँगे, खुदीलगायत खोलाबाट यतिका सङ्ख्यामा आयोजनाले विद्युत् उत्पादन गरिरहेका हुन् ।

लमजुङ विद्युत वितरण केन्द्रका प्रमुख मेघनाथ भट्टराईका अनुसार जिल्लामा उत्पादित उक्त सङ्ख्याका आयोजनाबाट करिब ३०० मेगावाट विद्युत् उत्पादन हुने गरेको छ । उक्त केन्द्रका अनुसार जिल्लामा सबैभन्दा बढी मर्स्याङ्दी नदीमा निर्माण भएको ७० मेगावाट क्षमताको मध्यमर्स्याङ्दी जलविद्युत, ५४ मेगावाट क्षमताको सुपर दोर्दी ‘ख’, ५० मेगावाटको अपर मर्स्याङ्दी , ३० मेगाावट क्षमताको न्यादी हाइड्रोपावर, २७ मेगावाटको दोर्दीखोला, २५ मेगावाटको अपर दोर्दी ‘ए’, १२ मेगावाटको दोर्दी–१, ७ मेगावाटको उपर मिदिम, पाँच मेगावाटको सिउरीखोला तथा चार दशमलव चार मेगावाटको राँधीखोला आयोजनाबाट विद्युत् उत्पादन भइरहेको छ । 
    
त्यसैगरी चार–चार मेगावाट क्षमताको खुदीखोला साना जलविद्युत् आयोजना र अपर छन्दीखोला, तीन मेगावाटको मिदिमखोला, दुई दशमलव चार मेगावटको अपर स्याँगे खोला, दुई मेगावाटको छन्दीखोला, १८३ किलोवाटको  स्याँगे माइक्रो  हाइड्रो र ८० किवाको मिदिम माइक्रो हाइड्रोबाट विद्युत् उत्पादन भइरहेको छ ।

जिल्लामा ४० हजार ५४२ ग्राहक रहेको उक्त केन्द्रले जनाएको छ । केन्द्रीय विद्युत् लाइन केहीकेही भागबाहेक जिल्लाको अधिकांश भागमा पुगेको कार्यालय प्रमुख भट्टराईले बताए । उनका अनुसार जिल्लामा चालू आर्थिक वर्षको साउनदेखि चैतसम्म दुई करोड ३९ लाख, आठ हजार ९२५.९० युनिट बिजुली बिक्री भएको छ । सोबाट रु १९ करोड ५३ लाख ५४ हजार उठेको छ । केन्द्रका अनुसार जिल्लामा ११ जलविद्युत् आयोजना निर्माणाधीन छन् ।

सोमध्ये मर्स्याङ्दी बेँसी ५० मेगावाट, सुपर न्यादी हाइड्रो ४०.२७, अपर खुदी २१.२१, न्यादी फिदी २१ मेगावाट, मिदिमखोला–१ आयोजनाबाट १३.४२४, १२.६ मेगाावट क्षमताको लोयर न्यादी, ६.८२ मेगावाट क्षमताको हिदीखोला, ४.८ मेगावाट क्षमताको  मिडिल मिदिम, २ मेगावाट क्षमताको चेपेखोला क्यास्केड, १.६ मेगावाटको  लोदोखोला साना आयोजना र ०.९९६ मेगावाट क्षमताको लोअर मिदिम आयोजना निर्माणाधीन छन् । लमजुडमा २ हजार ५०० मेगावाट क्षमता विद्युत् उत्पादन हुनसक्ने अनुमान छ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img