Thursday, March 12, 2026
spot_img

आर्थिक सर्वेक्षणः जडित विद्युत् क्षमता ३ हजार ६०२ मेगावाट

spot_img

Share

spot_img

काठमाडाैँ । नेपालकाे हालसम्मकाे जडित विद्युत् क्षमता ३ हजार ६०२ मेगावाट पुगेकाे छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज प्रतिनिधि सभामा आर्थिक सर्वेक्षण, २०८१/८२ पेश गर्दै यस्ताे जानकारी दिएका हुन् । साथै, उनले चालू आर्थिक वर्ष मुलुकको आर्थिक वृद्धि ४.६१ प्रतिशत रहने अनुमान रहेकाे जानकारी दिए ।

प्रदेशगत रूपमा मधेस प्रदेश, कोसी प्रदेश र सुदूरपश्चिम प्रदेश बाहेक सबै प्रदेशको आर्थिक वृद्धिदर राष्ट्रिय औसत ४.६१ प्रतिशतभन्दा माथि रहेको जानकारी दए । उनका अनुसार चालू आर्थिक वर्षमा नेपालको अर्थतन्त्रको आकार ६१ खर्ब ७ अर्ब रुपैयाँ पुग्ने अनुमान छ । उक्त अवधिमा कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान २५.१६ प्रतिशत, उद्योग क्षेत्रको योगदान १२.८३ प्रतिशत र सेवा क्षेत्रको योगदान ६२.०१ प्रतिशत रहने अनुमान छ ।

प्रतिव्यक्ति कुल राष्ट्रिय आय बढेर १,५१७ अमेरिकी डलर पुगेको छ । औसत उपभोक्ता मुद्रास्फीति ४.७२ प्रतिशत रहेको छ । पौडेलका अनुसार वित्तीय पहुँच बढेको छ। सबै स्थानीय तहमा बैंङ्‍कको शाखा पुगेको छ। बैंङ्‍क तथा वित्तीय संस्थाका प्रतिशाखाबाट औसत २,५२७ जनसङ्ख्यामा बैंकिङ्‌ग सेवा उपलब्ध भएको छ। २०८१ फागुनमसान्तमा बैंङ्‍क तथा वित्तीय संस्थाको निक्षेप ९.५ प्रतिशत र बैंङ्‍क तथा वित्तीय संस्थाबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ७.७ प्रतिशतले बढेको छ।

वैकल्पिक ऊर्जा सहित ९९ प्रतिशत जनसङ्ख्यामा विद्युतको पहुँच पुगेको छ। कुल जडित विद्युत् क्षमता ३,६०२ मेगावाट पुगेको छ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img