Sunday, January 18, 2026
spot_img

प्राधिकरणमा शाक्यको १०० दिनः ५९४ मेगावाटका पप्प स्टोरेज आयोजनाको पूर्वसम्भाव्यता अध्ययन सम्पन्न

spot_img

Share

spot_img

काठमाडाैँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आफ्नो कार्यकालको १०० दिन पूरा गरेका छन् । शाक्यले कार्यकालको सय दिनमा भएका प्रमुख कामबारे जानकारी दिन मंगलबार पत्रकार सम्मेलन गरेका छन् ।

उनले यो अवधिभित्र गरेका प्रमुख काममध्ये ‘प्राधिकरणको वर्तमान अवस्था र भविष्यको मार्गचित्र देखाउने गरी जारी गरिएको श्वेतपत्र’ लाई पहिलो र महत्त्वपूर्ण भनेका छन् । उनका अनुसार श्वेतपत्रले ऊर्जा सुरक्षा, विश्वसनीय विद्युत्, नवीनतम उपायबाट वित्तीय व्यवस्थापन, विश्वसनीय र पारदर्शी तथ्यांक तथा मानवस्रोत व्यवस्थापनलाई प्राथमिकतामा राखेको छ ।

यसैगरी, उनले चार्जिङ स्टेसनको लागि आवश्यक पुर्वाधार निर्माण गर्नका लागि १ करोड ८१ हजार रुपैयाँ बजेट उपलब्ध गराएको जानकारी दिए । उनले प्रसारण प्रणालीतर्फ १०४ सर्किट किलोमिटर र बस्टेसनतर्फ ५८६.५ एमभीए वृद्धि भएको बताए ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img