काठमाडाैँ । सुरुङ्गा नगरपालिका सप्तरीले नगरपालिका अन्तर्गतको सरकारी कार्यालय र सिँचाइ मिटर वापतकाे विद्युत महशुल भुक्तानी गरेको छ । पालिकाले किसानहरूको विद्युत् महशुल वापतको १० लाख रुपैयाँ नेपाल विद्युत् प्राधिकरण, बोदेबर्साइन वितरण केन्द्रलाई बुझाएको छ ।
यसैगरी, नगरपालिकाले आफ्नो मातहत रहेका कार्यलयहरुः पशु शाखा, कृषि शाखा तथा स्वास्थ्य संस्थाहरुमा जडित मिटरको महसुल वापतको ६ लाख रुपैयाँ समेत चेकमार्फत भुक्तानी गरेको केन्द्र प्रमुख ईं संयोग विश्वकर्माले बताए ।











