Saturday, September 21, 2024
spot_img

चितवनको मायाटार गाउँमा राष्ट्रिय प्रणालीकाे विद्युत् पुग्याे

spot_img

Share

spot_img

नेपाल विद्युत् प्राधिकरणले चितवनको इच्छाकामना गाउँपालिका–२ को दुर्गम मायाटार गाउँमा राष्ट्रिय प्रसारण प्रणालीकाे विद्युत् पुर्याएकाे छ । प्राधिकरणले विद्युतीकरण विस्तार गरी शनिबार याे गाउँमा विद्युत पहुँच पुर्याएकाे हाे ।

प्राधिकरण, भरतपुर वितरण केन्द्रले ५० बढी घरमा विद्युत मिटर जडान गरेकाे जनाएकाे छ । शनिबारबार पहिलाे पटक याे गाउँमा विद्युत् पुगेपछि अब अन्धकारको युग अन्त्य भएको गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले बताए । उनले बत्तीकाे स्वीच थिचेर बत्ती बाल्दै मायाटार गाउँ विकासकाे एक खुड्किलाे माथि उक्लिएकाे बताए ।

विद्युत् सेवा पुग्न बाँकी मायाटार, रमाइलो डाँडा, तेर्सेगाउँ, डाँडागाउँ, हेप्चे र घुर्केसलगायत एक सय घर बढीमा बिजुली पुगेको अध्यक्ष गुरुङले बताए । विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्र र इच्छाकामना गाउँपालिकाको सहयोगमा विपन्न परिवारलाई ‘मिटर बक्स, केबल र एमसिभी’ वितरण गरिएको छ ।

गाउँपालिकाका अध्यक्ष गुरुङ,  वितरण केन्द्रका प्रमुख रामु श्रेष्ठ, वडा नं २ का अध्यक्ष पञ्चबहादुर चेपाङले सो क्षेत्रका विपन्न ६० घरमा निःशुल्क मिटरबक्स, कबललगायत उपकरण निःशुल्क वितरण गरे । इच्छाकामना गाउँपालिका–१ को २ सय घरमा विद्युत् सेवा पुगेपछि गाउँ नै झलमल्ल भएको छ । बैशाख लागेपछि बाँकी क्षेत्रमा पनि सेवा विस्तार गरिने प्राधिकरणले जनाएको छ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचार
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img