Tuesday, June 9, 2026
spot_img

वार्षिकोत्सवमा प्राधिकरण माथिनै खनिए कर्मचारी र निजी क्षेत्र

spot_img

Share

spot_img

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको ४०औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री तथा प्राधिकरणका सञ्चालक समितिका अध्यक्ष दिपक खड्का र प्राधिकरणकै कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यमाथि प्रश्न उठेकाे छ ।

प्राधिकरणका कर्मचारीहरुले मन्त्री खड्कामाथि ट्रंक एण्ड डेडिकेटेड लाइनका बक्यौता डिसमिस गर्नका लागि चलखेल खेलेको आरोप लगाएका छन् । कर्मचारीहरुले ऊर्जामन्त्री खड्कालाई लक्षित गर्दै बक्यौता नउठाउनका लागि शक्तिकेन्द्रमार्फत चलखेल भइरहेको बताए ।

प्राधिकरण राष्टिय कर्मचारी युनियनका अध्यक्ष रामेश्वर प्रसाद पौडेलले बक्यौता रकम नउठ्नुमा मन्त्री खड्काको हात रहेको बताए । ‘मन्त्रीज्यूले ३९औं वार्षिकोत्सवमा लाइन काट्नु र मान्छेको घाँटी काट्नु एउटै हो भन्नुभएको थियो । जसका कारण अहिलेसम्म पनि बक्यौता उठ्न सकेको छैन’, उनले भने, ‘बक्यौता उठाउने भनेर मात्र हुँदैन । साच्चिकै बक्यौता उठाउन चाहानुहुन्छ भने निर्देशन दिनुस्, सुरक्षाको ग्यारेन्टी दिनुस् । बाँकी बक्यौता अहिले नै उठ्छ ।’

यसैगरी, प्राधिकरणका कर्मचारी युनियनका अध्यक्ष रामकुमार थेबेले पनि बक्यौता नउठाउनका लागि ठूलो प्रयास, चलखेल भइरहेको बताए ।

कर्मचारी संघका अध्यक्ष टंकप्रसाद आचार्यले बक्यौता उठ्नुमा चलखेल भइरहेको बताए । ‘प्राधिकरण आर्थिक रुपमा टाँट पल्टीयो भन्दै ऋण खोज्दै हिडेको छ । हाम्रो आफ्नै ४८ अर्ब बक्यौता उठाउँन सकेका छैनौ । आफ्नै पैसा उठाउन हामी कहाँ चुक्यौ त ? आफ्नै पैसा उठाउन नसकी ऋण खोज्दै हिड्नु त भएन नी’ उनले भने ।

ऊर्जा मन्त्री दिपक खड्काले भने बक्यौता असुली गर्नका लागि सहयोग पुगोस् भनेर मन्त्रालयमा समिति गठन गरेको जानकारी दिए । उनले कर्मचारीमाथि नै बक्यौता उठाउन चिठी पठाउने कि बिल पठाउने भन्दै प्रश्न गरे । उनले बिल पेश नगर्ने कर्मचारीलाई कारबाही हुनुपर्ने बताए । विगतका दिनमा किन बिल नपठाउनुकाे कारण के हाे ? प्रश्न गरे ।

‘प्राधिकरणका कर्मचारीले नै अदालतलाई गुमराहमा राखेर समिति खारेज गराए । अहिले कमिटी गठन गरेको छ । कर्मचारी बस्न तयार छैनन् । तलब खाँदा पाप नलाग्ने बिल छानविन गर्दा भन्दा पाप लाग्छ ?’ उनले प्रश्न गरे ।

वार्षिकोत्सव कार्यक्रममै स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)का वरिष्ठ उपाध्यक्ष मोहनकुमार डाँगीले प्राधिकरणले निजी क्षेत्रलाई अफ्ठ्यारो पारेर बहादुरी देखाएको बताए ।

विद्युत प्राधिकरण र इप्पान मिलेर देशलाई समृद्धिको मार्गमा लैजान योगदान गरी इतिहास रच्ने सुनौलो अवसर पाएको समयमा एकमात्र विद्युत खरिदकर्ता र वितरणकर्ताको हैसियतमा प्राधिकरण खपतवृद्धि, निर्यातवृद्धि र उत्पादनवृद्धिमा लाग्नु पर्ने हो’ डाँगीले भने, ‘तर बिडम्बना विद्युत प्राधिकरणको ध्यान विद्युत उत्पादन कसरी रोक्ने, पीपीए कसरी नगर्ने, आरसिओडीको म्याद कसरी नथप्ने, उत्पादन भएको विद्युत कसरी नलिने, कन्टिजेन्सी कायम कसरी राख्ने र समग्रमा ऊर्जा उद्यमीहरुलाई कसरी पेलेर बहादुरी देखाउने भन्नेमा रहेको देखिन्छ । यो सोचमा परिवर्तन हुनु जरुरी छ ।’

नेपाली भएका नाताले हामी सबैको पहिलो उद्देश्य नेपालकै हितमा हुनुपर्ने भन्दै डाँगीले एकअर्कालाई असहयोग गरेर बहादुरी प्रदर्शन गर्नुमा समय खर्च नगरी उक्त समय देशभित्र खपत बढाउन, प्रसारण लाइन बनाउन, विद्युत उत्पादन बढाउन र निर्यात बढाउनमा खर्च गरी भावी सन्ततीलाई सुन्दर र समृद्ध नेपाल हस्तान्तरण गर्न लाग्नुपर्ने बताए ।

९७.५ प्रतिशत पालिकाका विद्युतको पहुँच पुर्याउनमा प्राधिकरणको जति योगदान छ निजी क्षेत्रले उत्पादनमा पु¥याएको योगदान कुनैपनि कोणबाट त्योभन्दा कम नभएको समेत डाँगीले बताए ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img