Wednesday, October 29, 2025
spot_img

राष्ट्रिय वाणिज्यद्वारा ऊर्जा दक्षता उपाय अपनाउने १३ उद्योगलाई ४ करोड बढीको अनुदान प्रदान

spot_img

Share

spot_img

काठमाडाैँ । दिगो औद्योगिक विकासलाई अघि बढाउने प्रतिबद्धता कायम राख्दै, राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेडले ऊर्जा दक्षताका उपायहरू लागू गरेका दोस्रो चरणका उद्योगहरूलाई आर्थिक अनुदान वितरण गरेको छ । बैंकले नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता कार्यक्रम–नेपालमा दिगो ऊर्जामार्फत पुनः प्राप्ति एवं सशक्तिकरण परियोजनाअन्तर्गत सफलतापूर्वक ऊर्जा दक्षताका उपायहरू अपनाउनेलाइ अनुदान वितरण गरेकाे हाे ।

बैंकले दोस्रो चरणमा १३ उद्योगलाई रु चार करोडभन्दा बढीको अनुदान प्रदान गरिएको छ । विस्तृत ऊर्जा ‘अडिट’मार्फत पहिचान गरिएका ऊर्जा बचत उपायहरूको सफल कार्यान्वयनपछि यो अनुदान वितरण गरिएको हो । यी उपायहरूबाट वार्षिक १२ लाख ३५ हजार ५४४ किलोवाट घण्टा ऊर्जा बचत भई वार्षिक रु चार करोड ७७ लाख ५८ हजार १६ भन्दा बढी खर्च कटौतीमा योगदान पुर्‍याउँदै नेपालको जलवायु लक्ष्य र दिगो आर्थिक वृद्धिमा महत्वपूर्ण योगदान दिने बताइएको छ।

अनुदान पाउने उद्योगहरूमा कृषि प्रशोधन, औषधि र डेरी उद्योगलगायत विभिन्न क्षेत्रका उद्योगहरू रहेका छन्। सबैभन्दा ठूलो अनुदान रु १० मिलियन, प्राप्त गर्ने एजी हेल्थ इन्डस्ट्रिज प्रालिले दुई प्रमुख ऊर्जा दक्षता उपायहरू लागू गरेको छ, जसमा म्यानुअल प्याकेजिङ मेसिनको प्रतिस्थापन पनि समावेश छ। कम्पनीको आफ्नो रु ४० मिलियनभन्दा बढीको लगानीबाट वार्षिक रु १० मिलियनभन्दा बढी बचत हुने अपेक्षा गरिएको छ, जसले ऊर्जा दक्षता नवप्रवर्तनको बलियो व्यावसायिक उदाहरण प्रस्तुत गरेको जनाएको छ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img