Monday, June 15, 2026
spot_img

च्यांदी खोलाले तीन वर्षभित्र विद्युत् उत्पादन थाल्ने

spot_img

Share

spot_img

काठमाडाैँ । च्यांदी खोला हाइड्रो पावर प्रालिले गोरखा र लमजुङको सिमानामा ४.२ मेगावाटको च्यांदी खोला जलविद्युत् आयोजना निर्माण गर्ने भएको छ । कम्पनीले नदी प्रवाहमा आधारित उक्त आयोजनाका संरचनाहरू गोरखाको अजिरकोट गाउँपालिका–२ र लमजुङको दूधपोखरी गाउँपालिका–१ मा निर्माण गर्ने प्रकृया अघि बढाएकाे छ ।

कम्पनीले आयाेजना निर्माण अनुमतिका लागि विद्युत् विकास विभागमा आवेदन दिएको छ । विभागबाट अनुमति प्राप्त हुने लगतै निर्माण थाल्ने कम्पनीले जनाएकाे छ । आयाेजनामा च्यांदी खोलाको पानी फर्काउन समुद्री सतहबाट १७४२ मिटर उचाइमा २३ मिटर लामो बाँध निर्माण गरिने छ । बाँधसँगै च्यांदी खोलामा १.६ मिटर चौडा र ०.५ मिटर उचाइको २ वटा साइड इन्टेक रहने छन् ।पानीलाई १ हजार ७०५ मिटर लामो हेडरेस पाइप र १ हजार ७४८ मिटर लामो पेनस्टक पाइप हुँदै पानी विद्युत्‌गृहमा पुर्‍याईनेछ ।

विद्युत गृहमा जडान भएकाे टर्वाइनमार्फत उत्पादन हुन्छ ४.२ मेगावाट विद्युत् । उत्पादीत विद्युत् १८ किलोमिटर प्रसारण लाइनबाट नेपाल विद्युत् प्राधिकरणको कीर्तिपुर सबस्टेसन जाेडिनेछ । आयोजनाबाट वार्षिक २५.१९ गिगावाट घण्टा विद्युत् उत्पादन हुने छ । आयोजनाबाट २०८५ मंसिरभित्र उत्पादन थाल्ने कम्पनीकाे याेजना छ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img