काठमाडाैँ । माउन्टेन इनर्जी नेपाल लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट वितरण गर्ने गरी लाभांश प्रस्ताव गरेको छ । कम्पनीको कार्तिक २० गते बसेको संचालक समितिको बैठकले साे लाभांस प्रस्ताव गरेकाे हाे ।
कम्पनीले मुनाफावाट शेयरधनीहरुलाई हालको चुक्ता पुँजीको २० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १.०५२६ प्रतिशत नगद लाभांश गरि कुल २१.०५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रक्रिया अघि बढाएकाे छ । कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुनेछ। कम्पनीले मङ्सिर २९ गते साधारणसभा आह्वान गरेको छ ।








