काठमाडाैँ । नेपाल विद्युत प्राधिकरणले थप ३४.९५ मेगावाट विद्युत भारत निर्यात गर्ने अनुमति पाएको छ । प्राधिकरणले २४.२५ मेगावाटकाे सेती नदी र १०.७० मेगावाट माथिल्लो तादी खोलाकाे विद्युत् भारतको प्रतिस्पर्धी बजार भारतीय ऊर्जा एक्सचेञ्जमा निर्यात गर्न अनुमति पाएको हो ।
भारतले मङ्सिर १६ गते निर्यात अनुमति प्रदानसँगै प्राधिकरणले विभिन्न माध्यम (मध्यकालीन द्धिपक्षीय सम्झौता, ऊर्जा विनिमय आदि) गरेर निर्यात गर्न पाउने विद्युतको परिणाम १२०० मेगावाट पुगेको छ ।
यसअघि प्राधिकरणले ३३ आयोजनाका ११ सय ६५ मेगावाट विद्युत निर्यात गर्न अनुमति पाएको थियो । प्राधिकरणले २ आयोजनाको ४० मेगावाट विद्युत बंगलादेश निर्यात गर्दै आएको छ भने हालै बंगलादेशमा सम्पन्न द्विपक्षीय वार्तामा थप २० मेगावाट विद्युत बंगलादेश निर्यात गर्ने समझदारी बनेको छ ।








