काठमाडाैँ । इन्जिनियरिङ अध्ययन संस्थान अन्तर्गतको राष्ट्रिय प्रविधि महोत्सव लाेकस २०२६ को अवसरमा ‘इनर्जी ह्याकाथन ९.०’ आयोजना हुने भएको छ । पुल्चोक इन्जिनियरिङ क्याम्पसका विद्यार्थीहरूको संस्था लोकसले २२औँ राष्ट्रिय प्रविधि महोत्सवकाे अवसरमा ‘इनर्जी ह्याकाथन ९.०’ आयोजना गर्न लागेकाे हाे ।
यस ह्याकाथनले ऊर्जा क्षेत्रमा नवीन सोच, प्रविधि र समाधानलाई प्रोत्साहन गर्ने उद्देश्य लिएको छ । ह्याकाथन आगामी जनवरी १४ देखि २२ सम्म सञ्चालन हुनेछ भने सहभागी हुन चाहने टोली वा व्यक्तिले जनवरी १३ सम्म आवेदन दिन सक्नेछन् ।
इनर्जी ह्याकाथन ९.० अन्तर्गत ऊर्जा दक्षता, वैकल्पिक ऊर्जा, माग–पक्ष व्यवस्थापन तथा ऊर्जाका लागि कृत्रिम बुद्धिमत्ता (एआई) जस्ता प्रमुख विधामा केन्द्रित रहेर नवप्रवर्तनात्मक समाधान प्रस्तुत गर्न सकिनेछ ।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने सहभागीहरूका लागि १ लाख रुपैयाँभन्दा बढीको पुरस्कार राशि व्यवस्था गरिएको छ ।








