Monday, June 15, 2026
spot_img

डाँगीको नेतृत्वमा इप्पानको नयाँ कार्यसमिति गठन, कोषाध्यक्षबाहेक सबै पदमा सहमति

spot_img

Share

spot_img

काठमाडाैँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले आगामी तीन वर्षे कार्यकालका लागि नयाँ कार्यसमिति चयन गरेको छ । अधिकांश पदमा सहमति जुटेपछि कोषाध्यक्षबाहेक सबै पदाधिकारी तथा सदस्यहरू सर्वसम्मत चयन भएका छन् ।

इप्पानको विद्यमान विधानअनुसार अध्यक्षमा मोहनकुमार डाँगी स्वतः चयन भएका छन् । नेतृत्व चयनअघि भएको आन्तरिक छलफल र सहमतिपछि वरिष्ठ उपाध्यक्षमा उत्तम भ्लोन लामा निर्विरोध निर्वाचित भएका छन् । उक्त पदका प्रत्याशी बलराम खतिवडाले उम्मेदवारी फिर्ता लिएर लामालाई समर्थन गरेपछि सहमतिको वातावरण बनेको थियो ।

उपाध्यक्ष पदमा पनि सहमति कायम भएको छ । भरतबहादुर खत्री र भरतप्रसाद नेपालले उम्मेदवारी फिर्ता लिएपछि उत्तरकुमार श्रेष्ठ, सुसन कर्माचार्य, हिमप्रसाद पाठक, नरेन्द्र बल्लभ पन्त र विक्रम विष्ट निर्विरोध चयन भएका छन् ।

महासचिवमा टीएन आचार्य तथा उपमहासचिवमा कविता पोखरेल सर्वसम्मत चयन भएका छन् । महासचिवका प्रत्याशी प्रकाशचन्द्र दुलालले उम्मेदवारी फिर्ता लिएपछि आचार्य निर्विरोध बनेका हुन् ।

सचिवमा कुवेरमणि नेपाल, अभिज्ञा मल्ल, सुमनकुमारी जोशी, ईशा श्रेष्ठ र विजयमोहन भट्टराई चयन भएका छन् । साथै कृष्णप्रसाद घिमिरे र दीपक पौडेललाई सचिव पदमा मनोनयन गर्ने निर्णय गरिएको छ ।

सबै पदमा सहमति जुटे पनि कोषाध्यक्ष पदमा भने निर्वाचन भएको थियो । प्रतिस्पर्धामा रहेका शंकर बस्यालले २६७ मत प्राप्त गर्दै विजय हासिल गरे भने मिथुन पौडेलले ८२ मत प्राप्त गरे ।

कार्यसमिति सदस्यमा जगतबहादुर पोखरेल, अनुप आचार्य, कदम केसी, वर्णन लामिछाने, नारायण कँडेल, मिलन खड्का र जगदीश शिवाकोटी सर्वसम्मत चयन भएका छन्। सदस्य पदका उम्मेदवार इन्दिरा पन्त, सोमनाथ कँडेल र बाबुराम थापाले उम्मेदवारी फिर्ता लिएपछि सहमतिका आधारमा नेतृत्व चयन भएको हो ।

महिला सदस्यतर्फ सिर्जना खड्काले उम्मेदवारी फिर्ता लिएपछि ज्योति गैरे, प्रतिमा ज्ञवाली र संगिता धमला निर्विरोध निर्वाचित भएका छन् । नयाँ प्रस्तावित विधानअनुसार सोमनाथ कँडेल, इन्दिरा पन्त र बाबुराम थापालाई कार्यसमितिमा मनोनयन गर्ने निर्णय समेत गरिएको छ ।

इप्पानले संस्थाभित्र बाहिर चर्चा गरिएजस्तो कुनै गम्भीर विवाद नरहेको स्पष्ट पार्दै लोकतान्त्रिक अभ्यास, आपसी संवाद र सहमतिका आधारमा सक्षम तथा सन्तुलित नेतृत्व चयन भएको जनाएको छ । नयाँ नेतृत्वले ऊर्जा क्षेत्रको विकास, निजी क्षेत्रको सहभागिता विस्तार तथा नीतिगत सुधारका विषयमा सक्रिय भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img