Sunday, June 21, 2026
spot_img

पुनर्वास सबस्टेशन सञ्चालनमा, १८ हजार ग्राहक प्रत्यक्ष रूपमा लाभान्वित

spot_img

Share

spot_img

काठमाडाैँ । नेपाल विद्युत् प्राधिकरणले कञ्चनपुर जिल्लाको पुनर्वास नगरपालिका क्षेत्रमा ३३/११ केभी, ६/८ एमभीए क्षमताको पुनर्वास सबस्टेशन निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याएको छ । सबस्टेशन सञ्चालनमा आएपछि करिब १८ हजार ग्राहक प्रत्यक्ष रूपमा लाभान्वित हुने भएका छन् ।

प्राधिकरणका अनुसार उक्त सबस्टेशन निर्माणका लागि यसअघि ठेक्का सम्झौता गरिएको भए पनि सम्बन्धित निर्माण व्यवसायीले सिभिल कार्यबाहेक आवश्यक इलेक्ट्रोमेकानिकल कार्य सम्पन्न नगरेपछि ठेक्का सम्झौता रद्द गरिएको थियो ।

यस क्षेत्रमा लामो समयदेखि न्यून भोल्टेज तथा विद्युत आपूर्तिसम्बन्धी समस्याका कारण स्थानीय उपभोक्ताबाट व्यापक गुनासो आएपछि नेपाल विद्युत प्राधिकरणका का.मु. कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले तत्काल वैकल्पिक व्यवस्था गरी सबस्टेशन निर्माण कार्य शीघ्र सम्पन्न गर्न निर्देशन दिए । सोही निर्देशनअनुसार बेलौरी वितरण केन्द्रले नेपाल विद्युत प्राधिकरणको विभिन्न कार्यलयमा रहेका ६/८ एमभीए क्षमताको ट्रान्सफर्मरसहित आवश्यक उपकरणहरूको उपयोग गरी बाँकी निर्माण तथा जडान कार्य द्रुत गतिमा सम्पन्न गर्दै सबस्टेशन सञ्चालनमा ल्याएको हो ।

बेलौरी वितरण केन्द्रका प्रमुख हिक्मतबहादुर बि.सी.ले सबस्टेशन सञ्चालनमा आएसँगै उक्त क्षेत्रका ग्राहकलाई भरपर्दो विद्युत आपूर्ति गर्न सहज हुने बताए ।

यस कार्य नेपाल विद्युत प्राधिकरण, सुदूरपश्चिम प्रादेशिक कार्यालयका प्रमुख हरि पाण्डेको अग्रसरतामा सम्पन्न भएको हो । प्रादेशिक प्रमुख हरि पाण्डेले “बेलौरी वितरण केन्द्रअन्तर्गतका करिब १८ हजार ग्राहक यस सबस्टेशनबाट प्रत्यक्ष रूपमा लाभान्वित हुनेछन् । यसबाट विद्युत आपूर्तिको गुणस्तरमा उल्लेखनीय सुधार आउनुका साथै भविष्यको बढ्दो विद्युत माग व्यवस्थापन गर्न पनि सहज हुनेछ,” भने ।

प्राधिकरणले सबस्टेशन सञ्चालनमा आएसँगै पुनर्वास क्षेत्रको विद्युत आपूर्ति प्रणाली थप स्थिर, भरपर्दो र गुणस्तरीय बन्ने विश्वास व्यक्त गरेको छ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img