Thursday, October 10, 2024
spot_img

ग्रीन हाइड्रोजन विकासका लागि कन्सियस इनर्जी र ऊर्जा डेभलपर्सबीच रणनीतिक सहकार्य

spot_img

Share

spot_img

काठमाडौंँ । काठमाडौँ विश्वविद्यालय (केयू) को स्पिनअफ कम्पनी कन्सियस इनर्जीले नेपालमा ग्रीन हाइड्रोजन परियोजनाहरू अघि बढाउन ऊर्जा डेभलपर्ससँग रणनीतिक साझेदारी गर्ने योजना अघि बढाएको छ ।

ग्रीन हाइड्रोजनतर्फ व्यवसायीहरूले चासो देखाइरहेको बेला ऊर्जा डेभलपर्सको सहकार्यले दिगो ऊर्जाप्रतिको प्रतिवद्धतालाई हासिल गर्न जोड दिने केयूका सहप्राध्यापक तथा ग्रीन हाइड्रोजन ल्याबका प्रमुख विराजसिंह थापाले बताए ।

विश्वविद्यालयबाट गरिएको अनुसन्धानको निष्कर्षको स्वामित्व लिने र त्यसलाई वास्तविक तथा ठूलो व्यवसायको रूपमा कार्यन्वयन गर्नका लागि स्वीकृत भएको यो सबैभन्दा ठूलो कदम रहेको सिंहले बताए ।

साझेदारीअनुसार कन्सियस इनर्जीले ग्रीन हाइड्रोजन ल्याबलाई प्रतिनिधित्व गर्दै अनुसन्धान तथा विकास सम्बन्धी कार्य गर्नेछ भने ऊर्जा डेभलपर्सले लगानी सम्बन्धी कार्य गर्नेछ ।

ऊर्जा डेभलपर्स सेयरधनीको रुपमा कन्सियसमा प्रवेश गर्नेछ । यसलाई व्यवसायीक रूपमा ठूलो लगानी आकर्षित गर्ने सार्वजनिक कम्पनीको रूपमा विस्तार गरिने केयूले जानकारी दिएको छ ।

अहिले भृकुटीमण्डपमा भएको हिमालयन हाइड्रो एक्स्पोमा कन्सियस इनर्जी र ऊर्जा डेभलपर्सको पनि स्टल रहेको छ । बैशाख १२ गतेदेखि सुरु भएको एक्स्पोको स्टलमध्ये सबैभन्दा बढी भिड हाइड्रोजनको स्टलमा देखिएको छ । अवलोकनकर्ताहरूले यसप्रति चासो देखाएको र प्रवर्द्धकहरूले बर्खामा खेर जाने विद्युतबाट हाइड्रोजन उत्पादन गर्ने प्रक्रिया अघि बढाउने इच्छा देखाएको जनाइएको छ । यसरी ग्रीन हाइड्रोजनतर्फ सबैको चासो बढ्दै गएको बेला यस्तो रणनीतिक साझेदारीले यस क्षेत्रको विकासमा अझ बल थपेको सिंहको भनाई छ । उनले ऊर्जा डेभलपर्ससँग सहकार्यका विषयमा थप जानकारी भाेली अर्थात बैशाख १४ गते हाइड्राे एक्स्पाेकाे हाइड्राेजन कै स्टलमा प्रेसमिट गरेर दिने बताए ।

कन्सियस इनर्जी अनुसन्धानात्मक परामर्श सेवा प्रदायकको रुपमा २०८० सालमा स्थापना भएको कम्पनी हो । यसले हरित ऊर्जा क्षेत्रमा लगानी गर्ने, कार्यन्वयन गर्न, आफ्नो उपस्थिती बढाउन इच्छुक व्यवसायीहरूलाई विभिन्न सेवा प्रदान गर्ने गर्दछ । कम्पनीले केयूको ‘एनजाईन नेपाल’ कार्यक्रममार्फत प्रारम्भिक ‘बीच कोष’ प्राप्त गरेको थियो ।

याे पढ्नुहाेस्ः एक्स्पोमा उत्साहपूर्ण सहभागिता, हाइड्रोजन प्रविधिको स्टलका बढी भिड

spot_img
ऊर्जा संचार
ऊर्जा संचार
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img