Saturday, September 21, 2024
spot_img

मैले पदको दुरुपयोग गरी दाजु भाइद्वारा सञ्चालित व्यवसायलाई फाइदा पुग्ने कुनै काम गरेकाे छैनः घिसिङ

spot_img

Share

spot_img

 नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफूले पदको दुरुपयोग गरी आफ्ना दाजु तथा भाइले सञ्चालन गरेकाे व्यवसायलाई फाइदा पुग्ने कुनै कार्य नगरेको बताएका छन् । बुधबार प्रेस विज्ञप्ति जारी गरी उनले आफ्ना परिवारका सदस्यहरू (मुख्य रूपमा दाजु र भाइ) को प्रतिष्ठामा आघात पुर्‍याउने गरी समाचार तथा टीका–टिप्पणी आइरहेको भन्दै उनले यसप्रति ध्यानाकर्षण गराएका छन् ।

आफूले गुणस्तरीय विद्युत् आपूर्तिका लागि आफ्नो पदीय जिम्मेवारी निष्ठाका साथ पूरा गरिरहेको दाबी गरेका हुन् । उनले आफ्ना दाजुभाइले कानुनले दिएको अधिकार प्रयोग गरी स्वतन्त्र रूपले व्यवसाय गर्दै आएको पनि बताएका छन् । उनले विज्ञप्तिमा भनेका छन्– ‘यदि मैलै त्यस्तो गरेको पाइएमा राज्यका निकायहरूले छानबिन गर्ने नै छन् ।’

‘अंशवण्डा गरी लामो समयदेखि मबाट छुट्टै बसिरहेका मेरा दाइ र भाइले नेपालको संविधान र ऐन कानुनले दिएको हकअधिकार प्रयोग गरी स्वतन्त्र रुपमा आफ्नो व्यापार व्यवसाय सञ्चालन गरिरहेका छन् । के मेरा दाइ र भाइले स्वदेशमै व्यापार व्यवसाय नगरी विदेशिनु पर्ने हो ?’ विज्ञप्तिमा भनिएको छ ।

‘प्रचलित कानुनको परिधिभित्र रहेर निष्ठासाथ दिनरात एवम् आफ्नो व्यक्तिगत जीवनलाईसमेत प्रवाह नगरी अहोरात्र खटी नेपाल सरकारले दिइएको जिम्मेवारी निष्ठापूर्वक प्रतिबद्धताकासाथ पूरा गरिरहेको छु । नेपाली जनतालाई भरपर्दो, गुणस्तरीय, पर्याप्त र सुरक्षित विद्युत् आपूर्ति उपलब्ध गराउने मुख्य उद्देश्यलाई इमान्दारीपूर्वक जवाफदेही बनी आफ्नो जिम्मेवारी पूरा गरिरहेको व्यक्तिलाई बद्नाम गराउने दुराशयकासाथ लगाइएका आरोपहरुको खण्डन गर्दछु विज्ञप्तीमा भनिएकाे छ ।

नेपाली जनतालाई सधैँ लोडसेडिङको अँध्यारोमा राख्न चाहने र त्यसबाट फाइदा लिन पल्किएको, प्राधिकरणको कारबाहीबाट त्रसित र संस्थाले हासिल गरेका प्रगति एवम् उपलब्धीबाट अत्तालिएको एउटा स्वार्थ समूहले अाफुलाई कमजोर बनाउन र मनोबल गिराउन खाेजेकाे बताए ।

नेपाली जनतालाई भरपर्दो, गुणस्तरीय, पर्याप्त र सुरक्षित विद्युत आपूर्ति गर्ने, संस्थालाई वित्तीय रुपमा सबल एवम् सक्षम बनाउने, विद्युत, उत्पादन, प्रसारण र वितरणतर्फका पूर्वाधार संरचनाहरूको विकास तथा विस्तार गरी ऊर्जामा मुलुकलाई आत्मनिर्भर बनाउँदै छिमेकी देशहरूसँगको विद्युत व्यापार विस्तार गर्ने बाहेक अन्य कुनै आफ्ना व्यक्तिगत नाजायज स्वार्थ नरहेको प्रष्ट पारेका छन् ।

उनले नेपाल विद्युत् प्राधिकरणका हरेक कामकारबाहीहरू पारदर्शी रुपमा भइरहेको दाबी गर्दै उनले अझै पारदर्शी रूपमा अगाडि बढाउने उल्लेख छन् ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचार
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img