काठमाडौं । धादिङमा सञ्चालनमा रहेकाे ८.४ मेगावाटकाे आँखुखोला–१ जलविद्युत आयोजना रिङ्नेको ड्याम शनिबार खोलिने भएको छ । आँखुखोला हाइड्राे पावर कम्पनी लिमिटेडले ड्याम मर्मत गर्नका लागि खोल्न लागेकाे हाे ।
शनिबार बिहान ६ बजेदेखि ड्याम खाेलेर मर्मत संभार गर्ने याेजना रहेकाे जनाइएकाे छ । आयोजनाको ड्याम खोल्दा खोलाको बहाव बढ्ने हुँदा तल्लो तटीय क्षेत्रका बासिन्दालाई सचेत रहन जिल्ला प्रशासन कार्यालय धाडिङले सूचना जारी गरेको छ ।