काठमाडाैँ । सान्भी इनर्जी लिमिटेडको प्रभावित स्थानीय र वैदेशिक रोजगारमा रहेकालाई आईपीओ खुलेको छ । पहिलो चरणमा स्थानीय प्रभावित र वैदेशिक रोजगारमा रहेकालाई आईपीओ खुलेको हो ।
आयोजना प्रभावित स्थानीयले छिटोमा वैशाख १९ गतेसम्म तथा सो अवधिसम्म पूरा बिक्री नभएमा ढिलोमा जेठ ३ गतेसम्म आवेदन दिन सक्नेछन् । त्यस्तै वैदेशिक रोजगारमा रहेकाले वैशाख १९ गतेसम्म आवेदन दिन सक्नेछन् ।
अंकित मूल्य १ सयका दरले कम्पनीले कुल ३७ लाख ९० हजार कित्ता सेयर सर्वसाधारण समूहका लागि छुट्याएको छ । न्यूनतम १० र अधिकतम २० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।
कम्पनीको बिक्री प्रवन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ रहेको छ । वैदेशिक रोजगारमा रहेकाले अनलाइन प्रणाली मेरोसेयरमार्फत आवेदन दिन सक्नेछन् । आयोजना प्रभावितले खाता रहेको बैंकको शाखाबाट आवेदन दिन सक्नेछन् । इलामस्थित नबिल बैंक, कुमारी बैंक र ग्लोबल आईएमई बैंकका शाखाबाट पनि आवेदन दिन सक्नेछन् ।








