Thursday, June 25, 2026
spot_img

फेदीखोला हाइड्रोपावरले १७ लाख ६० हजार कित्ता शेयर निष्काशन गर्ने

spot_img

Share

spot_img

काठमाडौँ । फेदीखोला हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणमा प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) मार्फत १७ लाख ६० हजार कित्ता साधारण शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले उक्त निष्काशन प्रक्रियाको लागि एनएमबि क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

कम्पनीको अधिकृत तथा जारी पूँजी रु. ८० करोड रहेको छ । जारी पूँजीको २२ प्रतिशत अर्थात् रु. १७ करोड ६० लाख बराबरका प्रति शेयर अंकित मूल्य रु. १०० का दरका १७ लाख ६० हजार कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा, वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष, कम्पनीका कर्मचारी तथा सर्वसाधारणमा तोकिएअनुसार वितरण गरिने कम्पनीले जनाएको छ ।

धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ति सम्बन्धी सम्झौता २०८२ कार्तिक २६ गते सम्पन्न भएको हो । सम्झौतामा फेदीखोला हाइड्रोपावर कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक प्रकाशचन्द्र दुलाल र एनएमबि क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दीपेश कुमार वैद्यले हस्ताक्षर गरेका छन् ।

भोजपुर जिल्लाको सापाल्पासिलिछो गाउँपालिका–६ मा बहने फेदी (थुमलुङ) खोलामा निर्माण भैरहेको ४.३ मेगावाट क्षमताको फेदी (थुमलुङ) जलविद्युत आयोजना करिब ९४ करोड लागतमा निर्माण हुँदैछ । हालसम्म आयोजनाको करिब ८५ प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको छ । २०८२ माघभित्र आयोजना सम्पन्न गर्ने लक्ष्य रहेको कम्पनीका प्रबन्ध सञ्चालक दुलालले बताए ।

उनका अनुसार, नियामक निकायले तोकेको सम्पूर्ण प्रक्रिया तथा मापदण्ड पूरा गरी यथाशीघ्र आईपीओ निष्काशनको तयारी अघि बढाइनेछ । उनले आयोजनाको निर्माण कार्य योजनाबद्ध रूपमा तीव्र गतिमा अगाडि बढिरहेको पनि जानकारी दिए ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img