Thursday, October 10, 2024
spot_img

३ वर्षमा पूरा हुने भनिएको उदिपुर-मार्कीचोक-भरतपुर लाइनको काम ६ वर्षमा ७० प्रतिशत सकियाे

spot_img

Share

spot_img

काठमाडौँ । मर्स्याङ्दी कोरिडोर अन्तर्गत निर्माणाधीन २२० केभी क्षमताको उदीपुर–मार्कीचोक–भरतपुर प्रसारण लाइनको निर्माण ७० प्रतिशत पूरा भएको छ । ६ वर्षअघि देखि निर्माण सुरु भएको आयोजनाको कामले गति लिन सकेको छैन् ।

अहिले सामाजिक समस्या तथा जङ्गल कटानीलगायत कारणले उदिपुर–मार्कीचोक–भरतपुर प्रसारण लाइनको काम ठप्प हुन पुगेको छ । ३ वर्षमा सम्पन्न गर्ने लक्ष्य निर्धारण भएकोे परियोजनाको काम ६ वर्षमा पनि पूरा हुन नसकेको हो ।

३ वर्षमा ३ अर्ब रुपैयाँ लागतका निर्माण सम्पन्न गर्ने भनिएको लाइनको काम हालसम्म ७० प्रतिशतमात्र निर्माण सम्पन्न भएको परियोजनाको उदिपुर–भरतपुर डिभिजन प्रमुख नारायण रेग्मीले बताए । २२० केभी उदिपुर–मार्कीचोक–भरतपुर ‘डबल सर्किट’ प्रसारण लाइन निर्माण सन् २०१८ जनवरी १७ देखि थालिएकामा कारोना महामारी र वन कटानीलगायत कारणले पूरा हुन नसकेको उनको तर्क छ ।

२०८१ साउन १५ गतेभित्र सम्पन्न गर्नेगरी निर्माण कम्पनीको म्याद थपिएको छ । आयोजनाकाअनुसार लमजुङको उदिपुरबाट चितवनको भरतपुरसम्म ६७ किलोमिटर प्रसारण लाइन पुर्याउनका लागि १९९ वटा टावर आवश्यक पर्नेछन् ।

हालसम्म १२० टावरको जग तयार भएको छ । गोरखा र तनहुँमा गरी १० हजार २२५ वटा रुख फडानीको तयारी भएको डिभिजन प्रमुख रेग्मीले बताए । लमजुङमा निर्माण हुने ४५ वटा टावरमध्ये ३२ सम्पन्न भइसकेका छन् ।

मध्य मर्स्याङ्दी जलविद्युत् केन्द्रको स्वीचयार्डसम्म लाइन पुर्याउन ६ किलोमिटरसम्म यही प्रसारण लाइन प्रयोग भएको छ । उदिपुरबाट मध्य मर्स्याङ्दीसम्मको ६ किलोमिटर खण्डमा १७ वटा टावर छन् ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचार
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img