Sunday, August 16, 2026
spot_img

२९ प्रतिशतले बढेर ७९.७० करोड पुग्यो माउण्टेन इनर्जीको नाफा

spot_img

Share

spot_img

काठमाडाैँ । माउण्टेन इनर्जी नेपाल लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को अपरिस्कृत वित्तीय विवरण प्रकाशन गरेको छ । विवरण अनुसार यस अवधिमा कम्पनीको खुद नाफा २९.०८ प्रतिशतले बढेको छ ।

यस अवधिमा कम्पनीले ७९ करोड ७० लाख ४३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीको खुद नाफा ६१ करोड ७४ लाख रुपैयाँ थियो ।

यस अवधिमा कम्पनीले विद्युत बिक्रीबाट १ अर्ब ५३ करोड ३५ लाख रुपैयाँ आम्दानी गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको यसै अवधिको तुलनामा १७.३१ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीको विद्युत बिक्रीको आम्दानी १ अर्ब ३० करोड रुपैयाँ थियो ।

यस अवधिमा कम्पनीले बीमा दाबी वापत ९ लाख रुपैयाँ प्राप्त गरेको छ । साथै कम्पनीको ब्याज खर्च २४ करोड ४३ लाखबाट घटेर २० करोड १९ लाख कायम भएको छ । विद्युत बिक्रीको आम्दानी बढेको, बीमा दाबीको रकम पाएको र ब्याज खर्च पनि घटेको लगायतका कारणले कम्पनीको खुद नाफा बढेको देखिन्छ । कम्पनीको संचालन मुनाफा पनि ८९ करोड १८ लाखबाट बढेर १ अर्ब नाघेको छ ।

यस अवधिमा कम्पनीको चुक्ता पुँजी ३ अर्ब १२ करोड ३२ लाख रहेको छ भने रिजर्भमा १ अर्ब ५८ करोड रहेको छ । कम्पनीको चुक्ता पुँजीलाई आधार मान्दा कम्पनीको आर्थिक वर्ष २०८२/८३ को नाफाबाट मात्र पनि २५ प्रतिशत लाभांश दिन सक्ने क्षमता रहेको देखिन्छ । कम्पनीले मनाङमा अवस्थित ६५ मेगावाट क्षमताको दुधखोला आयोजना निर्माणको तयारी गरेको छ । हालै मात्र आयोजनाको लागि वित्तीय व्यवस्थापन सम्पन्न भएको छ ।  सो आयोजना निर्माणको लागि कम्पनीलाई नगद चाहिने भएकोले कम्पनीले लाभांशको रुपमा बोनस शेयर नै दिने आँकलन गरिएको छ । यस अघिका वर्षमा पनि कम्पनीले बोनस शेयरलाई नै जोड दिदै आएको थियो । कम्पनीले आर्थिक वर्ष २०७८/७९ देखि लगातार लाभांश दिदै आएको छ ।

यस अवधिमा कम्पनीको प्रति शेयर आम्दानी २३.७२ रुपैयाँबाट बढेर २५.५२ रुपैयाँ पुगेको छ । कम्पनीले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट २० प्रतिशत बोनस दिएर पुँजी थप गर्दा पनि कम्पनीले २५ रुपैयाँभन्दा माथिको प्रति शेयर आम्दानी कायम गर्न सफल भएको छ।  त्यस्तै कम्पनीको प्रति शेयर  नेटवर्थ १५०.७८ रुपैयाँ रहेको छ ।

कम्पनीले निर्माण सम्पन्न गरेका ४२ मेगावाटको मिस्ट्रीखोला हाइड्रो र ५ मेगावाटको ताँदीखोला हाइड्रो परियोजनाले नियमित विद्युत उत्पादन गरिरहेका छन् ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img