काठमाडौँ । पूर्वि पहाडी जिल्लामा पहिलो पटक चार्जिङ स्टेसन सञ्चालनमा आएको छ । व्यापक पर्यटकीय क्षेत्रहरू रहेको तथा थप नयाँ पहिचान भएसँगै पर्यटनको आवतजावत बढ्न थालेपछि विद्युतीय सवारी चार्ज गर्न चार्जिङ स्टेसन निर्माण गरि सञ्चालनमा ल्याइएको हो ।
धनकुटा नगरपालिकाको वडा नम्बर १ सुकेपोखरीमा रहेको मिलन होटलले स्टेसनमा सञ्चालनमा ल्याएको स्थानीय व्यवसायी मिलन खड्काले बताए । होटलले गत असोजदेखि नै जिबीटी ३० केबीको चार्जर सञ्चालनमा ल्याएको थियो ।
हाल फेरी जिबीटी ३० केबी र जिबीटी ४० केभीको दुई वटा थप गरेको छ । साथै आन्तरिक पर्यटनलाई थप सहज गर्न कारहरूका लागि ४० केबीको सीसीएस २ चार्जर पनि सञ्चालनमा ल्याएको छ । यस क्षेत्रमा यात्रुवाहक सवारीको चहलपहल बढ्दै गएको चार्जिङ स्टेसन थप गरिएको हो ।