Sunday, December 15, 2024
spot_img

डा.भेष बहादुर थापालाई हेम बहादुरमल्ल सम्मान २०७९

spot_img

Share

spot_img

काठमाडाैँ । नेपाल जनप्रशासन संघले हेम बहादुर मल्ल सम्मान २०७९ डा.भेष बहादुर थापालाई प्रदान गरेकाे छ । संघ र साल्ट ट्रेडिङ कर्पाेरेशन लिमिटेडद्वारा आज साउन २३ गते पुर्व मन्त्री, पुर्व सचिव तथा पुर्व राजदुत डा. भेष बहादुर थापालाई प्रदान गरेकाे हाे ।

डा. थापा याे सम्मान पाउने २०औं व्यक्ती हुन् । सम्मानित व्यक्ति थापा राष्ट्रिय याेजना आयाेगका पुर्व सचिव, नेपाल राष्ट्र बैंककाे पुर्व गभर्नर, पुर्व अर्थ सचिव, पुर्व परराष्ट्र सचिव, अमेरिका र भारत लगायतका देशका पुर्व राजदुत हुन ।  उनी कुशल प्रशासक, अर्थविद,याेजनाविद, कुटनैतिक क्षेत्रका समेत ज्ञाता र विद्वान व्यक्ति मानिन्छन ।

डा. थापाले सार्वजनिक प्रशासनिक,आर्थिक र कुटनैतिक क्षेत्रमा करिव पाँच दशक उत्कृष्ट याेगदान दिएका छन । सम्मान पुरस्कार राशिको रकम सुरुमा नगद एक लाख रहेकोमा अहिले बढाएर दुई लाख रूपैयाँ पुर्‍याएको छ । पुरस्कार राशिको रकमलाई आगामी दिनमा बढाएर पाँच लाख पुरयाउन साल्ट ट्रेडिङका अध्यक्ष श्रेष्ठ र कार्यकारी अधिकृत उर्मिला श्रेष्ठसँग आग्रह गरिएकाे पनि छ।

याे सम्मान पुरस्कारबाट अहिलेसम्म त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति केदारभक्त माथेमा, पर्यटन व्यवसायी चाँदनी जोशी, मुटु राेग चिकित्सक डा. भगवान कोइराला, पर्वूमुख्यसचिव बिमल कोइराला, युवा आविस्कार महाविर पुन, पुर्व प्रमुख निर्वाचन आयुक्त भोजराज पाेखरेल, पुर्व सभामुख दमननाथ ढुंगाना, काठमाडौँ विश्वविद्यालयका पूर्व उपकुलपति सुरेशराज शर्मा, पूर्व प्रधानन्यायाधीश खिलराज रेग्मी, पुर्व गृह सचिव तथा लाेक सेवा आयाेगका पुर्व अध्यक्ष उमेश मैनाली, पुर्व मुख्यसचिव दामोदर गौतम, पुर्व मन्त्री डा. देवेन्द्रराज पाण्डे, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, आँखाका चिकित्सक डा. सन्दुक रूइत, चिकित्सक डा. गाैरी शंकरलाल दास,पुर्व सचिव गाेरक्ष बहादुर न्हुन्च्छे प्रधान र पुर्व अर्थ सचिव तथा महालेखा परिक्षक भानुप्रसाद आचार्य लगायतका विशिष्ठ व्याक्तिहरू सम्मानित भइसकेका छन् ।

२०४७ सालमा स्थापना भएकाे जनप्रशासन संघले ख्यातिप्राप्त प्रशासक एवं व्यवस्थापक स्व. हेम बहादुर मल्लले साल्ट ट्रेडिङ कर्पाेरेसन लिमिटेडकाे नेतृत्व तहमा रहि उत्कृष्ट एवं विशिष्ठ याेगदान पुर्‍याए वापत निजकाे सम्झना र सम्मानमा २०५९ सालमा हेम बहादुर मल्ल सम्मान पुरस्कार स्थापना गरिएकाे थियाे ।

सम्मान पुरस्कार छनाेटका लागि पुर्व मन्त्री तथा सचिव शंकर प्रसाद काेइरालाकाे संयाेजकत्वमा छनाेट समिति गठनगरि नाम आवेदन गरिएकाेमा एक सय जना भन्दा बढीले आवेदन परेका थिए ।

छनाेट समितिमा पुर्व सचिव,पुर्व प्रशासक र पुर्व व्यवस्थापकहरू रहेका थिए । हेम बहादुर मल्ल सम्मान २०७९ घाेषणा पत्रकार सम्मेलनमा नेपाल जनप्रशासन संघका अध्यक्ष मधुरमण आचार्य, निवर्तमान अध्यक्ष कृष्णहरि बाँस्कोटा,साल्ट ट्रेडिङ कर्पाेरेसनका अध्यक्ष प्रदिपलाल श्रेष्ठ,पुर्व सचिव, पुर्व प्रशासक,बहालबाला व्यवस्थापक,पानका पदाधिकारी,सदस्य,कर्पाेरेसन सञ्चालक समितिका सदस्यीय,उच्च तहका कर्मचारीहरू लगायतका महानुभावहरूकाे उपस्थिति रहेकाे थियाे ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचार
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img