Thursday, October 10, 2024
spot_img

विद्युतीय सवारीकाे प्रयाेग बढ्दै, इटहरीमा पनि सुरु भयाे बस सेवा

spot_img

Share

spot_img

काठमाडाैँ । नगरवासीको सुविधालाई दृष्टिगत गरी इटहरी उपमहानगरपालिकाले विद्युतीय बसबाट सेवा सुरु गरेको छ । उपमहानगरपालिकाले ४ वटा बिजुली बस सेवा सुरु गरेकाे हाे ।

इटहरी उपमहानगरपालिकाका प्रमुख हेमकर्ण पौडेलका अनुसार इटहरीका चारवटै क्षेत्रलाई समेटेर बस सञ्चालनको ‘रुट’ तयार गरी सेवा सुरु भएको हो ।

सडक सञ्जाल विस्तार भए पनि इटहरीका सबै क्षेत्रमा सार्वजनिक यातायात नियमित रूपमा उपलब्ध नभएकाले नगरवासीको यात्रालाई सुविधाजनक बनाउने प्रयासस्वरुप सेवा प्रारम्भ गरिएकाे जनाइएकाे छ ।

नगर क्षेत्रमा बिहान ७ देखि ११ बजेसम्म र अपराह्न २ देखि साँझ ७ बजेसम्म नियमित सञ्चालन गरिने उक्त सेवाका निम्ति हाललाई २० रुपैयाँ भाडा तोकिएको छ ।

विद्युतीय बस सेवा वातावरणमैत्री, सुरक्षित, भरपर्दो, र उपभोक्तामुखि हुनेछ । खासगरी नगरकै ग्रामीण भेगका सर्वसाधारणलाई सहरसम्म जोड्ने उद्देश्य राखेर विद्युतीय बस सेवा सुरु गरिएको हो । सिटी बस सञ्चालन गर्ने पहिलो स्थानीय सरकार भएको दाबी नगर प्रमुख पौडेलको छ । बस अपाङ्गमैत्री पनि छ ।

उपमहानगरले नेसनल फायर सेफ प्रालिसँगको सम्झौतामा ४ वटा नगर बस खरिद गरेको हो । करिब ६ करोड ३६ लाख ८६ हजार रुपैयाँ खर्चिएर बस ल्याइएको हो ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचार
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img