काठमाडाैँ । सरकारले ठूला तथा जलाशययुक्त जलविद्युत आयोजनाको विकासलाई प्रोत्साहन गर्न नयाँ नीति ल्याउने घोषणा गरेको छ ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट प्रस्तुत गर्दै प्रवर्द्धकले आयोजनामा शतप्रतिशत लगानी सुनिश्चित गरेमा पहिलो वर्षमै ४० प्रतिशतसम्म सेयर सर्वसाधारणलाई बिक्री गर्न दिने व्यवस्था गरिने जानकारी दिए ।
सरकारले यस व्यवस्थाले ठूला जलविद्युत आयोजनामा लगानी आकर्षित गर्नुका साथै सर्वसाधारणको सहभागिता समेत बढ्ने विश्वास लिएको छ ।








