काठमाडौँ । राष्ट्रिय प्रसारण ग्रिड कमपनीले निर्माण गर्न लागेको ४०० केभी क्षमताको भेरी कोरिडोर प्रसारण लाइनमा भेरी जलविद्युत् आयोजनाको ३२५ मेगावाट विद्युत् जोड्न सहमति भएकाे छ । आईएमएस प्राइभेट लिमिटेडले निर्माण गरिरहेको आयोजनाको विद्युत् जोड्न सहमति भएको हो ।
बिहीबार दुई कम्पनीबीच ‘ग्रिड कनेक्सन सहमति’ पत्रमा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा राष्ट्रिय ग्रिड कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत डा.नेत्र प्रसाद ज्ञवाली र आईएमएसका तर्फबाट अध्यक्ष दीपक कुमार मल्होत्राले हस्ताक्षर गरे ।
भेरी नदी बेसिनमा निर्माणाधीन तथा निर्माणको चरणमा जान लागेका आयोजनाको विद्युत् प्रवाह गर्न यो प्रसारण लाइन निर्माण गर्न लागिएको हो । ७५ किलोमिटर लामो लाइनमा दुई वटा सबस्टेसन निर्माण हुनेछ ।