Thursday, December 5, 2024
spot_img

मनाङ-मर्स्याङ्दी जलविद्युत्‌मा १७ करोड ५२ लाख अमेरिकी डलर लगानी सम्झौता

spot_img

Share

spot_img

काठमाडाैँ । १३५ मेगावाट क्षमताको मनाङ मर्स्याङ्दी  जलविद्युत आयोजनाको निर्माणको लागि चीनको एक्जीम बैंकसँग कर्जा सम्झौता भएको छ । मनाङ मर्स्याङ्दी जलविद्युत् कम्पनी प्रा. लि.द्वारा प्रवर्द्धित आयाेजनामा एक्जीम बैंकले चाइनिज युआन १ अर्ब २४ करोड २५ लाख चाइनिज  (१७ करोड ५२ लाख ५० हजार अमेरिकी डलर) लगानी गर्न सम्झाैता भएकाे हाे ।

याे आयोजनाको सम्पन्न गर्न ३२ करोड ३० लाख अमेरिकी डलर लागत अनुमान गरिएकाे छ । बाँकी लगानी अन्य स्राेतबाट व्यवस्थापन गरिनेछ ।

कम्पनीमा नेपालको नेतृत्वदायी जलविद्युत प्रवर्द्धक बुटवल पावर कम्पनी लिमिटेड, चिनियाँ लगानीकर्ताहरू एसीआईजी इन्टरनेशनल , सिङचेङ इन्टरनेशनल इन्भेष्टमेन्ट कम्पनी लिमिटेड, र क्यूवाईईसी इन्टरनेशनल कम्पनी लिमिटेड र सो कम्पनीहरूको संयुक्त लगानीको एसीआईजी इन्टरनेसनल नेपाल हाइड्रो जोइन्ट डेभलपमेन्ट इनभेष्टमेन्ट कम्पनी प्रालिको संयुक्त लगानी रहेको छ । यस आयोजनामा ऋण तथा स्वपूँजी लगानीको अनुपात ८०:२० रहने छ ।  साथै, यस कम्पनीले आयोजनास्थल आसपासका स्थानीय बासिन्दाहरूलाई प्रचलित कानूनको अधिनमा रही सेयर उपलब्ध गराउने योजना समेत बनाएको छ ।

हाल आयोजनाको निर्माणकार्य इपीसी ठेक्का अर्न्तगत् सिनो हाइड्रोले गरिरहेको छ भने आयोजनाको निर्माण कार्य निर्धारित कार्ययोजना अनुरूप तोकिएको समय ४२ महिना भित्रै सम्पन्न गर्ने योजना छ। योजनाका साथ निर्माण कार्य अघि बढाइएको छ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचार
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img