काठमाडाैँ । लिबर्टी इनर्जी कम्पनी लिमिटेडले आज (मंसिर १६ गते) देखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुल्ला गरेकाे छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद शेयर निष्काशन गरेकाे हो ।
कम्पनीले चुक्तापुँजीको १ः०.५ अनुपातमा अर्थात १०० रुपैयाँ अंकित दरका कुल ७५ लाख कित्ता हकप्रद सेयर जारी गरेकाे छ। हकप्रद बिक्रीपछि कम्पनीको चुक्तापुँजी २ अर्ब २५ करोड रुपैयाँ पुग्नेछ ।
कम्पनीले हकप्रद निष्काशनको लागि कार्तिक २१ गते बुक क्लोज गर्ने निर्णय गरेकोले कार्तिक २० गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको हकप्रदमा आवेदन दिन सक्ने छन् । हकप्रद सेयर निष्कासनका लागि बिक्री प्रवन्धकका रुपमा प्रभु क्यापिटल छ ।