Sunday, January 19, 2025
spot_img

सुपर काबेली ‘ए’ले तालिकाभन्दा ५ महिना अगावै उत्पादन थाल्यो

spot_img

Share

spot_img

काठमाडौँ । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका वडा नम्बर ८ मा निर्माण गरिएको १३.५ मेगावाटको सुपर काबेली ‘ए’ जलविद्युत आयोजनाले उत्पादन तालिका अगावै विद्युत् उत्पादन थालेको छ । स्नो रिभर्स लिमिटेडले निर्माण गरेको आयोजनाले नेपाल विद्युत् प्राधिकरणले दिएको लक्ष्य अगावै उत्पादन सुरु गरेको हो ।

प्राधिकरणसँगको विद्युत् खरिद बिक्री सम्झौता (पीपीए) अनुसार आयोजनाबाट २०८२ बैशाख पहिलाे साताभित्र उत्पादन गरिसक्नु पर्ने तालिका थियो । तर, कम्पनीले तालिकाभन्दा ५ महिना अगावै उत्पादन सुरु गरेको कम्पनीका अध्यक्ष मोहन बिक्रम कार्कीले बताए । कम्पनीले प्राधिकरणसँग २०७५ फागुन २ गते पीपीए सम्झौता गरेको थियो ।

‘आयोजनाको दुवै युनिटको विद्युत् आइतबार (मंसिर १६ गते) देखि राष्ट्रिय प्रसारण ग्रीडमा जोडिएको छ,’ कम्पनीका वित्त प्रवन्धक सुजन चिलुवालले ऊर्जा संचारसँग भने, ‘अब, १५ दिन प्राधिकरणले उत्पादन परीक्षण गर्नेछ । त्यसपछि व्यापारीक उत्पादन सुरु हुन्छ ।’

आयोजनाको निर्माण २०७९ मंसिर २९ गतेदेखि सुरु भएको थियो । आयोजना निर्माणको क्रममा बाढी पहिरो लगायतका विविध कारणले अवरोध आएपनि तालिकाभन्दा अगावै उत्पादन थालेको कम्पनीले जानकारी दिएको छ ।

यो आयोजना प्रतिमेगावाट १९ करोड ५० लाख रुपैयाँ लागतमा सम्पन्न भएको अनुमान गरिएको छ । जसमा कूल लागत झण्डै २ अर्ब ६३ करोड २५ लाख हाराहारी रहेको आयोजनाले जनाएको छ । आयोजनामा एनएमबी बैंक र राष्ट्रिय वाणिज्य बैंकले ऋण लगानी गरेका छन् । बैंकहरूसँग १५ डिसेम्बर २०२१ मा सम्झाैता भएकाे थियाे । आयोजनामा ६५ करोड रुपैयाँ स्वपूँजी लगानी छ भने बाँकी ऋण लगानी रहेको छ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img