Sunday, January 19, 2025
spot_img

माथिल्लो मर्स्याङ्दी-२ को पिडिए ६ महिनाभित्र सम्पन्न गर्ने

spot_img

Share

spot_img

काठमाडौँ । बहुचर्चित ३२७ मेगावाटको माथिल्लो मर्स्याङ्दी–२ जलविद्युत् (पिकिङ रन अफ रिभर) आयोजनाको परियोजना विकास सम्झौता (पिडिए) ६ महिनाभित्र हुने भएको छ । लगानी बोर्ड नेपालको ६०औं बैठकले आयोजनाको पिडिए जेठभित्र सम्पन्न गर्ने निर्णय गरेको हो ।

लमजुङ र मनाङको सिमानामा पहिचान भएको आयोजनाको पिडिए सम्पन्न गरी निर्माण सुरु हुनेछ । मनाङको नासोङ गाउँपालिकामा बाँध बाँधेर लमजुङको मर्स्याङ्दी गाउँपालिका ४ ताघ्रिङको स्याँगे नजिकै विद्युतगृह निर्माण हुनेछ । यो आयोजनाको हेडवर्सको जलाधार क्षेत्र २ हजार २६८ वर्गकिलोमिटर रहेको छ । आयोजनाको विद्युतगृह भूमिगत रहनेछ । आयोजनामा ३ वटा टर्वाइन रहनेछ ।

यसअघि यो आयोजना ६०० मेगावाटमा निर्माण गर्ने गरी भारतीय कम्पनी जिएमआरको स्वामित्वमा रहेको हिमताल हाइड्रो पावरले अध्ययन अनुमति लिएको थियो । विद्युत विकास विभागले २०७९ कात्तिक ६ गते कम्पनीमा नाममा अध्ययन अनुमति जारी गरेको थियो । विभागका अनुसार यो आयोजनाको अध्ययन २०८१ कात्तिक ५ गतेभित्र सम्पन्न हुनुपर्ने हो तर, अहिलेसम्म हुन सकेको छैन ।

यो आयोजना निर्माण गर्ने भन्दै भारतीय कम्पनीले एक दशक बढी समय ‘होल्ड’ गरेर राख्यो । भारतीय कम्पनीले निर्माण गर्न नसकेपछि चिनियाँ कम्पनीले जिम्मा लिएको छ । आयोजनाको प्रवर्द्धकमा बुटवल पावर लिमिटेड, एससीआईजी नेपाल हाइड्राे जाेइन्ट डेभलपमेन्ट कम्पनी प्रा.लि साथै चिनियाँ कम्पनी एससीआईजी इन्टरनेशनल, सिङचेङ इन्टरनेशनल र क्युवाईईसी इन्टरनेशनल रहने छ ।

यो आयोजना सम्पन्न गर्न करिब ६४७.१६ मिलियन अमेरिकी डलर लागत अनुमान गरिएको छ । आयोजनाको काम सुरु भएको ५ वर्षभित्र सम्पन्न हुनेछ । यो आयोजना पूरा भएपछि १९३४ गिगावाट घण्टा विद्युत् उत्पादन हुनेछ । उत्पादीत विद्युत् २२ किलोमिटर दुरीमा रहेको नेपाल विद्युत् प्राधिकरणको खुदी सबस्टेसनमा जोडिनेछ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img