Sunday, January 19, 2025
spot_img

माथिल्लो म्याग्दीमा ५ बैंककाे ५ अर्ब ३४ कराेड लगानी, साढे २ वर्षमै उत्पादन थाल्ने

spot_img

Share

spot_img

काठमाडौँ । म्याग्दी जिल्लाकाे धवलागिरी गाउँपालिकामा ४-मा निर्माण अघि बढेको ३७ मेगावाटको माथिल्लो म्याग्दी जलविद्युत् आयोजनामा ५ बैंक तथा वित्तीय संस्थाले ऋण लगानी गर्ने भएका छन् । सिद्धार्थ बैंक लिमिटेडको अगुवाईमा लगानी हुने आयोजनाको वित्तीय व्यवस्थापन सम्झौता सम्पन्न भएको छ ।

हाइड्रो इम्पायर प्रालिले निर्माण गर्ने आयोजनामा सिद्धार्थ बैंक लिमिटेडको अगुवाइमा नेपाल एसबिआई बैंक लिमिटेड, सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, एभरेष्ट बैंक लिमिटेड र नबिल बैंक लिमिटेडले ५ अर्ब ३४ करोड ८८ लाख ९८ हजार रुपैयाँ लगानी गर्ने गरी सम्झौता भएको हो । आयोजनाको पे ब्याक पिरियड करिब १२ वर्ष रहेको छ ।

सम्झौतापत्रमा सिद्धार्थ बैंकका तर्फबाट अमित श्रेष्ठ, नेपाल एसबिआईबाट सन्तोष पुन, सिटिजन्स बैंकको तर्फबाट रोशन मल्ल, एभरेष्ट बैंकबाट उमेश गेलाल र नबिल बैंकको तर्फबाट निशेष हरी राज भण्डारीले हस्ताक्षर गरे ।

बैंकको ब्याजबाहेक आयोजनाको कूल लागत ६ अर्ब ६९ करोड ९४ लाख ९५ हजार रुपैयाँ अनुमान गरिएको छ । ब्याजसहित ७ अर्ब ६३ करोड २९ लाख १४ हजार रुपैयाँ लागत अनुमान गरिएको छ ।
आयोजनामा ७० प्रतिशत ऋण लगानी र ३० प्रतिशत स्वपूँजी लगानी रहनेछ । आयोजना पूरा भएपछि २१५.७१४ गिगावाट घन्टा ऊर्जा उत्पादन हुनेछ । उत्पादित विद्युत् विद्युतगृहदेखि १०.२ किलोमिटर दूरीको १३२ केभी सिंगल सर्किट प्रसारण लाइनमार्फत डाडाखेत सबस्टेसनमा जोडिनेछ ।

आयाजनाको काम अबको साढे २ वर्षभित्रै सम्पन्न गरेर नमुना आयोजना बनाउने कम्पनीका अध्यक्ष काजी शेर्पाले बताए । यसैगरी, कम्पनीका प्रबन्ध निर्देशक जितबहादुर घर्तीले सक्षम प्राविधिक समूह भएका कारण भौगोलिक अनुकुलताले आयोजना प्रभावकारी हुने बताए । कम्पनीका प्रमुख कार्यकारी अधिकृत उदयकान्त झाले प्राविधिक पक्ष राम्राे भएकाे र लगानी समेत जुटीसकेकाेले निर्धारित समयमा सम्पन्न गर्ने दाबी गरे ।

हालसम्म आयोजनास्थल पुग्ने २१ किलोमिटर पहुँचमार्ग पूरा भई आवश्यक ५० टन क्षमताको १ र ३० टन क्षमताको १ बेलिब्रिज पनि सञ्चालनमा आइसकेको छ । आयोजनाले निर्माण गर्नुपर्ने करिब ९ किलोमिटर पहुँचमार्गको काम समेत पूरा भएको कम्पनीले जानकारी दिएको छ । सुरक्षार्थ आवश्यक नेपाली सेनाका लागि आवास (आर्मी क्याम्प) को व्यवस्था र अन्य सिभिल संरचनाका लागि ठेकेदार परिचालन भइ कार्य सुरु भइसकेको छ ।

आयोजनाका लागि आवश्यक निजी जग्गा १.६९ हेक्टर खरिद गरिएको तथा सरकारी जग्गा ३.६९ हेक्टर अधिग्रहण गरी यसको शोधभर्नाको प्रक्रिया अगाडि बढाएको छ । यस्तै, वन सम्बन्धी सम्पूर्ण कार्यहरू सकिइसकेको छ । आयोजनाका लागि आवश्यक विष्फोटक पर्दाथ खरिदका लागि लागि सम्बन्धित निकायबाट स्वीकृति लिई प्रक्रिया अगाडि बढाइएको कम्पनीले जनाएको छ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img