Sunday, January 19, 2025
spot_img

माथिल्लो मर्स्याङ्दी-१ मा ३ बैंक तथा वित्तीय सस्थाकाे १६ अर्ब ऋण लगानी

spot_img

Share

spot_img

काठमाडौँ । लमजुङमा पहिचान भएको १०२ मेगावाटको मेगावाटको माथिल्लो मर्स्याङ्दी १ जलविद्युत् आयोजनामा ३ वटा बैंक तथा वित्तीय सस्थाले १६ अर्ब रुपैयाँ ऋण लगानी गर्ने भएका छन् । अप्पर मर्स्याङ्दी हाइडो पावर कम्पनीले निर्माण गर्न लागेको आयोजनामा लक्ष्मी सनराइज, ग्लोबल आइएमई र प्रभु बैंकले लगानी गर्ने भएका हुन् ।

आयोजनामा नेतृत्वकर्ता लक्ष्मी सनराइजले ७ अर्ब, सह– नेतृत्वकर्ता ग्लोबल आइएमईले ६ अर्ब र प्रभु बैंकले ३ अर्ब रुपैयाँ ऋण लगानी गर्नेगरी सम्झौता सम्पन्न भएको छ ।

आयोजना सम्पन्न गर्न २१ अर्ब ४० करोड लागत अनुमान गरिएको छ । जसमा ७४.७७ प्रतिशत बैंक ऋण र २५.२३ प्रतिशत प्रवद्र्धकको स्वपूँजी लगानी रहने छ ।

आयोजना निर्माणका लागि कम्पनीले २०७५ साल पुस १० गते नै विद्युत् विकास विभागबाट उत्पादन अनुमति लिएको थियो । २०८१ साल पुस ९ गते मात्रै आयोजनाबाट उत्पादीत विद्युत् खरिदबिक्री गर्न नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद बिक्री सम्झौता सम्पन्न भएको छ ।

आयोजनाको काम निर्माण सुरु भएको साढे ४ वर्षमा सम्पन्न गर्ने कम्पनीको योजना छ । यसअघि यस कायोजनाको क्षमता १३४ मेगावाट भएपछि पछि घटाइएको हो ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img