काठमाडौँ । मनाङ जिल्लाको नांसो गाउँपालिकामा अघि बढेको ४९९५ मेगावाटको दाना खोला जलविद्युत् आयोजनाको सिभिल संरचना निर्माणको ठेक्का साई पावर इन्फ्रा जेभीले पाएको छ । लालुपाते हाइडो पावर कम्पनी प्रवर्द्धक रहेको आयोजनाको सिभिल निर्माणको काम साई पावरले गर्ने गरी सम्झौता सम्पन्न भएको हो ।
कम्पनीले ठेक्का आह्वान गरेकोमा ७ वटा कम्पनीले प्राविधिक मापदण्ड पूरा गरी वित्तिय दररेट प्रस्ताव गरेका थिए । जसमध्ये ४ महिनाको समन्वय र छलफलपश्चात सवभन्दा त्यूनतम भ्याटसहितको दररेट पेश गर्ने साई पावर इन्फ्रा छनौट भएको कम्पनीले जानकारी दिएको छ । साई पावरले ३८३।५३ करोड रुपैयाँ पेश गरेको छ ।
प्रवर्द्धक कम्पनी र ठेकेदार कम्पनीबीच आगामी ३० महिनाभित्र निर्माण सम्पन्न गर्नेगरी सम्झौता सम्पन्न भएको छ । सम्झौतापत्रमा प्रवर्द्धक कम्पनीको तर्फबाट कार्यकारी अध्यक्ष मोहनकुमार डाँगी र निर्माण कम्पनीको तर्फबाट महाप्रबन्धक घनबहादुर श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
यो आयोजना निर्माण गर्न ९ अर्थ ९६ करोड रुपैयाँ लागत अनुमान गरिएको छ। आयोजनामा सानिमा बैंकको अगुवाईमा नबिल बैंक राष्ट्रिय वाणिज्य बैंक कृषि विकास बैंक एचआइडिसीएल र नेपाल एसबीआई बैंकले धर्व ४७ करोड रुपैयाँ ऋण लगानी गरेका छन् । आयोजनामा ७५ प्रतिशत ऋण लगानी र २५ प्रतिशत स्वपूँजी लगानी रहनेछ ।