काठमाडाैँ । तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको समग्र भाैतिक प्रगति करिब ६५ प्रतिशत पूरा भएकाे छ । तीन वटा प्याकेजमा काम भइरहेको आयोजनाको आधाभन्दा बढी काम सम्पन्न भएकाे हाे ।
आयोजनाको भूमिगत विद्युतगृहभित्रको काम पूरा भएको छ भने प्रसारण लाइन निर्माणमा विलम्ब भएको छ । आयोजनाको प्याकेज २ अन्तर्गत विद्युतगृहमा इलेक्ट्रोमेकानिकल काम जारी रहेको कम्पनीले जनाएकाे छ ।
हेडरेस टनेल खनेर पेनस्टक पाइप जडान, वेल्डिङ तथा कङ्क्रिटिङ भइरहेको छ । प्याकेज २ मा हालसम्म ६५ प्रतिशत भौतिक प्रगति भएको छ । प्याकेज ३ अन्तर्गत प्रसारण लाइन निर्माणमा भने खासै प्रगति भएको छैन । वन क्षेत्रका कारण विलम्ब भएको जनाइएकाे छ ।