Wednesday, April 30, 2025
spot_img

हिमलातकाे संरक्षण गर्न बजेटको व्यवस्था गरिने

spot_img

Share

spot_img

काठमाडौँ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले हिमतालको संरक्षण गर्न बजेटको व्यवस्था गर्ने बताए । हिमतालको संरक्षण र मौसम पूर्वानुमान प्रणालीलाई सृदढ गर्न सरकार प्रतिबद्ध रहेको बताउँदै उनले आगामी दिनमा बजेटको व्यवस्था गर्ने बताएका छन् ।

जल तथा ऊर्जा आयोगको सचिवालयको आयोजनामा ‘नेपाल राष्ट्रिय हिमनदी, जल तथा मौस सप्ताह २०८१’ सुरु भएको छ । चैत १० गतेसम्म चल्ने सप्ताहको शुभारम्भ गर्दै मन्त्री खड्काले जलवायु परीवर्तन र तीव्र औद्योगिकरणका कारण बढुदै गएको तापक्रमको असर नेपालका हिमतालमा परेको बताए ।

हिमताल फुटेपछि मानवीय क्षतिसँगै विद्युत् आयोजना लगायत विकास परियोजनाहरूको ठूलो क्षति हुने क्रम बढ्दै गएको छ । यस्ता असरहरूलाई न्यूनिकरण गर्न जलस्रोत र मौसम विज्ञानको अध्ययन, अनुसन्धान तथा प्रविधिको प्रयोगलाई अझ प्रभावकारी बनाउनुपर्ने उनले बताए ।

‘जलवायु परिवर्तनको असरका कारण हिमनदी खुम्चिँदै गएकाले जलश्रोत व्यवस्थापनका लागि सरकारले गम्भीर भएर काम गरिरहेको छ,’ उनले भने, ‘जलश्रोतको दीर्घकालीन संरक्षणका लागि प्रभावकारी नीति, अध्ययन, अनुसन्धान, एवंम राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साझेदारीको आवश्यकता छ ।’

उनले जलश्रोत विधेयक छिट्टै अघि बढाउने तयारीमा सरकार रहेको जानकारी दिँदै जलश्रोतको दिगो उपयोग र संरक्षण सुनिश्चित गर्न आवश्यक नीति अवलम्बन गर्दै अघि बढ्नु आजको आवश्यकता रहेको बताए ।

सबैको संयुक्त प्रयासले मात्र जलश्रोतको दीर्घकालीन संरक्षण सम्भव छ । त्यसैले जलस्रोतको संरक्षण गर्ने कार्यमा हातेमालो गरेर अघि बढ्नुपर्ने बताए ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img