Wednesday, April 30, 2025
spot_img

कुलमानको मुद्दाको पेसी राउत र सुवेदीको इजलासमा

spot_img

Share

spot_img

काठमाडाैँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकबाट बर्खास्त गरिएका कुलमान घिसिङको रिटमा सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ । सुनुवाइका लागि रिटको पेसी प्रधानन्याधीश प्रकाशमान सिंह राउत र शारङ्गा सुवेदीको इजलासमा तोकिएको छ ।

यसअघि गत शुक्रबार सर्वोच्चका न्यायाधीश अजिज मुसलमानले अन्तरिम आदेशका लागि दुवै पक्षलाई छलफलमा बोलाउने आदेश दिएका थिए । न्यायाधीश मुसलमानको इजलासले कुलमान घिसिङलाई पदमुक्त गर्ने निर्णयसँग सम्बन्धित मुद्दाको मिसिल पनि पेस गर्न आदेश दिएको थियो । यो मुद्दालाई अग्राधिकारमा राख्न पनि भनिएको थियो ।

आफूलाई पदमा निरन्तर कायम राख्नुपर्ने, कुलमानलाई जिम्मेवारी दिन नहुने माग राखी नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले पनि सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए । न्यायाधीश मुसलमानको इजलासले हितेन्द्रको मुद्दालाई पनि छलफलका लागि राखेका थिए । हितेन्द्रदेवको मुद्दा पनि कुलमानको सँगै न्यायाधीश राउत र सुवेदीको इजलासमा छ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img