Wednesday, April 30, 2025
spot_img

तमोर इनर्जी बन्याे नेपालमा टिबिएमबाट सुरुङ खनिने पहिलो जलविद्युत्

spot_img

Share

spot_img

काठमाडाैँ । तमोर इनर्जी प्रालिले ताप्लेजुङको तमोर नदीमा निर्माण गर्न लागेको २८५ मेगावाटको माथिल्लाे जलविद्युत् आयोजनाको सुरुङ निर्माणको लागि टनेल बोरिङ मेसिन (टिबिएम) प्रयोग गर्ने भएकाे छ । कम्पनीले ८.७ किलाेमिटर लामाे सुरूङ खन्न टिबिएम प्रयाेग गर्न लागेकाे हाे ।

यस सम्बन्धि सम्झौतामा तमोर इनर्जी र चाइना रेल्वे इञ्जिनियरिङ कम्पनीबीच बिहिबार सम्झौता भएको हो । सम्झौतामा तमोर इनर्जीका अध्यक्ष पुष्प ज्योति ढुंगाना र चाइना रेल्वे इञ्जिनियरिङ कम्पनीका नेपाल प्रमुख लु सियारुङले हस्ताक्षर गरेका छन् । यस संगै नेपालमा पहिलो पटक जलविद्युत आयोजनाको सुरुङ टनेल बोरिङ मेसिनबाट खनिने छ।

कार्यक्रममा उर्जा जलस्राेत तथा सिँचाइ मन्त्री दीपक खड्काले निजी क्षेत्रलाई अगाडि बढाएर सरकारले ऊर्जा क्षेत्रको विकास गर्न चाहेको बताए । उनले दुइ देशबीचकाे अापसी सम्बन्धलाइ बलियाे बनाउने गरी ज्ञान र सीपकाे अाधारमा काम गर्न सुझाए ।

मन्त्री खड्काले सरकारले सन् २०३५ सम्म २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको उल्लेख गर्दै उक्त लक्ष्यलाई पूरा गर्न टनेल बोरिङ मेसिनजस्ता प्रविधिबाट मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा पूर्व पर्यटन मन्त्री योगेश भट्टराईले २०४६ सालको परिवर्तनपछि सरकारले लिएको नीतिका कारण ऊर्जा क्षेत्रको विकास तीव्र गतिमा भइरहेको बताए । नेपालको ऊर्जा क्षेत्रको विकासमा निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहेको उनले उल्लेख गरे।

तमोर इनर्जी प्रालिका अध्यक्ष पुष्पज्योति ढुङ्गानाले नेपालमा वर्तमान समयमा भइरहेको लोडसेडिङ अन्त्यका लागि यो आयोजनाले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । चाइना रेल्वे इञ्जिनियरिङ कम्पनीका प्रतिनिधि लु सियारुङले सबैको साथ र सहयोग लिएर उक्त आयोजनालाई समयमै सम्पन्न गरिने बताए ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img