Wednesday, April 30, 2025
spot_img

हुन्डाईको नयाँ वर्ष अफरः क्रेटा ईभी र क्रेटा आईसीई किन्दा ६ लाखसम्मको छुट

spot_img

Share

spot_img

काठमाडाैँ । हुन्डाई अटोमोबाइल्सको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नयाँ वर्ष मध्यनजर गर्दै ‘यो नयाँ वर्ष, चुज योर फ्युचर हुन्डाई सँग’ योजना ल्याएको छ ।

यो योजना बिहीबारदेखि नेपालभरि सुरु भएको छ । आफ्ना ग्राहकको यात्रा खास बनाउन हुन्डाईले नगद छुटको आकर्षक अफर ल्याएको छ ।

यो योजना अन्तर्गत ग्राहकले हुन्डाई गाडी खरिदमा ६ लाख रुपैयाँसम्मको आकर्षक नगद छुट प्राप्त गर्न सक्नेछन् । हालै सार्वजनिक गरिएको चुज योर फ्युचर थिमसहित, क्रेटा ईभी र क्रेटा आईसीई (मेड इन नेपाल) लाई यो अफरले अझै उत्साहजनक बनाउने कम्पनीको भनाइ छ ।

यो योजनामा ग्राहकले गाडी खरिद गर्दा १ वर्षसम्मको निःशुल्क बीमा तथा सवारी करका साथै तुरुन्तै मूल्यांकन तथा एक्स्चेन्ज सुविधा पाउनेछन् । लक्ष्मी इन्टरकन्टिनेन्टलले ग्राहकको आवश्यकता र रुचि ध्यानमा राखी हरेक वर्ष यस्ता ग्राहकमुखी अफर ल्याइरहेको छ ।

सबै आईसीई हुन्डाई गाडीमा ३ वर्ष वारेन्टी, ६ वर्षको फ्रि सर्भिसिङ र ईभी गाडीको हाई भोल्टेज ब्याट्रीमा ८ वर्ष र गाडीको अरू कम्पोनेन्टमा २ वर्ष वारेन्टी उपलब्ध हुनेछन् । यस योजनाबाट हुन्डाईको कुनै पनि ह्याचब्याक, कम्प्याक्ट एसयूभी, एसयूभी तथा ईभी गाडी खरिद गरी फाइदा लिन सकिने कम्पनीले जनाएको छ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img