Wednesday, July 29, 2026
spot_img

खिम्ती-घ्वाङमा एनएमबी बैंकको १ अर्ब २४ करोड लगानी

spot_img

Share

spot_img

काठमाडाैँ । वन्डर्स ईनर्जी प्रा. लि. ले निर्माण गर्न लागेको ९ मेगावाटको खिम्ती–घ्वाङ साना जलविद्युत आयोजनामा लगानी जुटेको छ । आयोजनामा एनएमबी बैंकले ऋण लगानी गर्ने गरी साउन १२ गते अर्थात मंगलबार सम्झौता सम्पन्न भएको छ ।

आयोजनामा बैंकले १ अर्ब २४ करोड रुपैयाँ ऋण लगानी गर्ने भएको छ । सम्झौतापत्रमा बैंकका तर्फबाट सस्टेनेवल इनर्जी बैंकिङ विभाग प्रमुख दिनेश दुलालले र कम्पनीको तर्फबाट प्रबन्ध सञ्चालक प्रकाशचन्द्र दुलालले हस्ताक्षर गरे ।

आयोजनाको कुल अनुमानित लागत १ अर्ब ८० करोड रुपैयाँ रहेको छ । यसमध्ये १ अर्ब २४ करोड ऋण लगानी र बाँकी ५६ करोड रुपैयाँ स्वपुँजी रहनेछ । स्वपूँजीमध्ये हालसम्म ३५ करोड रुपैयाँ जुटिसकेको र बाँकी करिब ३० करोड रुपैयाँ आगामी असोजभित्र संकलन गर्ने गरी प्रक्रिया अघि बढिरहेको कम्पनीका प्रवन्ध सञ्चालक प्रकाशचन्द्र दुलालले जानकारी दिए ।

यो आयोजना दोलखा जिल्लाको जिरी नगरपालिका वडा नम्बर १ र रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिकाको वडा नम्बर १ भएर बग्ने खिम्ती घ्वाङ खोलामा निर्माण भइरहेको छ । निर्माणाधीन आयोजनाको काम २०८४ चैत्रभित्र सम्पन्न गरी उत्पादन थाल्ने कम्पनीको योजना छ ।

आयोजना निर्माणका लागि आवश्यक सरकारी जग्गा प्राप्ति तथा रुख कटानको अनुमति गत वैशाख १५ गतेको मन्त्रिपरिषद् बैठकबाट प्राप्त भइसकेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार आयोजनाका लागि आवश्यक सम्पूर्ण जग्गा खरिद, कन्ट्रक्सन पावर जडान, पहुँचमार्ग, गोदाम घर तथा आवास गृह निर्माणलगायतका पूर्वतयारीका काम सम्पन्न भइसकेका छन् ।

साथै, सिभिल, हाइड्रो–मेकानिकल तथा इलेक्ट्रो–मेकानिकल निर्माणतर्फका ठेक्का सम्झौतासमेत सम्पन्न भइसकेको र हालसम्म करिब ३० प्रतिशत निर्माण कार्य सम्पन्न भएको कम्पनीले जनाएको छ ।

दुलालका अनुसार गौरीशंकर संरक्षण क्षेत्रभित्र निर्माण हुने यो आयोजना नेपालमा हाल निर्माणाधीन जलविद्युत् आयोजनामध्ये हाइड्रो सेलेक्ट टुल्सको मापदण्डअनुसार सामाजिक तथा वातावरणीय अन्तर्राष्ट्रिय मापदण्ड पूरा गर्दै निर्माण गरिने पहिलो आयोजना हुनेछ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img