Friday, May 15, 2026
spot_img

हुन्डाईको इलेक्ट्रिक गाडीमा प्रि-बजेट अफर

spot_img

Share

spot_img

काठमाडाैँ । लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नेपालमा हुन्डाईका तीन चर्चित इलेक्ट्रिक सवारी मोडेलहरूमा विशेष ‘प्रि-बजेट अफर’ सार्वजनिक गरेको छ । नयाँ हुन्डाई कोना इलेक्ट्रिक, आइओनिक ५ र क्रेटा ईभी खरिद गर्दा निशुल्क बीमा, सडक करमा छुट तथा नगद छुट जस्ता विशेष सुविधाहरूसहितकाे अफर सार्वजनिक गरेकाे हाे ।

कम्पनीले घोषणा गरेको यो अफर जेठ ५ देखि १४ गतेसम्म सीमित अवधिका लागि उपलब्ध हुनेछ । कम्पनीका अनुसार यो पहलले नेपाली उपभोक्तामाझ इलेक्ट्रिक सवारीसाधनको पहुँच अझ विस्तार गर्ने उद्देश्य राखेको छ ।

लक्ष्मी इन्टरकन्टिनेन्टलले तीनवटै मोडेलमा दिइएको छुटले यी अत्याधुनिक गाडीहरूलाई अझ किफायती बनाउने विश्वास व्यक्त गरेको छ । साथै, कम्पनीले देशभर डीसी र एसी चार्जरयुक्त ६६ वटा सक्रिय स्टेशन रहेको विस्तृत री-लार्ज चार्जिङ नेटवर्क निर्माण गरिसकेको जानकारी दिएको छ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img