Monday, March 9, 2026
spot_img

काममा ढिलासुस्ती नगर्न मातहतका कर्मचारीलाई उर्जामन्त्री खड्काको निर्देशन

spot_img

Share

spot_img

काठमाडाैँ । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दिपक खड्काले मन्त्रालय र त्यसअन्तर्गतका निकायमा देखिएको कामप्रतिको ढिलासुस्ती र उदासिनता अन्त्य गर्न निर्देशन दिएका छन् । उर्जा मन्त्रालयमा आइतवार आयोजित उच्चस्तरीय समीक्षा बैठकमा बोल्दै मन्त्री खड्काले कर्मचारीलाई सक्रिय, जिम्मेवार र समयानुकूल सेवा प्रवाहमा केन्द्रित हुन निर्देशन दिएका हुन् ।

“मन्त्रालय र अन्तर्गतका निकायमा फाइल रोकिएको गुनासो आएको छ, अबदेखि तीन दिनभित्र कुनै पनि फाइलको छिनोफानो हुनेगरी प्रक्रिया अघि बढाउनुहोस्,” मन्त्री खड्काले निर्देशन दिए ।

उनले हालसम्म मन्त्रालयअन्तर्गतको समग्र प्रगति चित्तबुझ्दो नभएको भन्दै असन्तोष व्यक्त गरे ।कार्यसम्पादनमा पारदर्शिता, गति र उत्तरदायित्व कायम नगरेसम्म सेवा प्रवाह प्रभावकारी नहुने उल्लेख गर्दै मन्त्री खड्काले कर्मचारीलाई इमान्दारिता र कर्तव्यनिष्ठाका साथ आफ्नो जिम्मेवारी वहन गर्न आग्रह गरे ।

“कर्मचारीलाई हामी स्थायी सरकार भन्छौं, तर व्यवहारमा त्यो स्थायित्व देखिँदैन,” अहिलेको कार्यशैली हेर्दा विद्यार्थीले रातभर पढेझैं देखिन्छ तर नतिजा फेल हुनेजस्तो छ । यस्तो अवस्था अब स्वीकार्य हुने छैन,” मन्त्री खड्काले भने , “कामलाई गम्भीरताका साथ लिनुहोस्, लक्ष्य प्राप्तिका लागि पुरस्कार र दण्डको संयन्त्र आवश्यक छ।”

वर्षा ऋतु सुरु हुन लागेको सन्दर्भमा मन्त्री खड्काले जल तथा मौसम विज्ञान विभागलाई सूचनाको प्रभावकारी प्रवाहमार्फत जोखिम न्यूनीकरणमा जोड दिन निर्देशन दिए । “वर्षासँगै आउने सम्भावित जोखिमको समयमै सूचना प्रवाह गरी जनस्तरसम्म सर्तकता पुर्‍याउनु आवश्यक छ,” उनले भने ।

बैठकमा मन्त्रालय र मातहतका निकायहरूको आर्थिक वर्ष २०८०/८१ को वैशाख मसान्तसम्मको भौतिक तथा वित्तीय प्रगति विवरण प्रस्तुत गरिएको थियो । मन्त्री खड्काले प्रस्तुत विवरणको समीक्षापछि कार्यसम्पादन सुधार्न ठोस कार्ययोजना तयार पार्नसमेत निर्देशन दिए ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img