Monday, June 8, 2026
spot_img

राहुघाटकाे सिभिलकाे भाैतिक प्रगति ८१ प्रतिशत, २०८२/८३ को पौषभित्र सम्पन्न गर्ने लक्ष्य

spot_img

Share

spot_img

काठमाडाैँ । नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनीका रूपमा रहेको रघुगंगा हाइड्रो पावर लिमिटेडले निर्माण गरिरहेको गण्डकी प्रदेशको म्याग्दी जिल्ला अवस्थित ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनाको प्राधिकरणका कार्यकारी निर्देशक सहितकाे टाेलीले स्थलगत भ्रमण गरेका छन् । कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यसहित उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका सचिव तथा नेपालका लागि भारतिय राजदुत र अन्य उच्च पदस्त अधिकारीहरुले आज स्थलगत निरिक्षण गरि आयोजनाको कार्य प्रगति एवं निर्माण कार्यको बारेमा जानकारी लिएका छन् ।

कुल अनुमानित लागत रु. ९ अर्ब १७ करोड २६ लाख रहेको आयोजनामा एक्जिम बैंक अफ इन्डियाबाट ६७ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋणका रूपमा प्राप्त गरि कार्य अगाढी बढाइएको छ भने बाँकी रकम नेपाल सरकार तथा नेपाल विद्युत प्राधिकरणले संयुक्त रूपमा लगानी गर्ने व्यवस्था गरिएको छ ।

आ.ब. २०८२÷८३ को पौष सम्ममा आयोजना सम्पन्न गर्ने लक्ष्य रहेकोले सो अनुसारको कार्य प्रगति ,कार्यस्थलको अवस्था, साइटमा कार्य गर्दा आइ परेको समस्याहरु तथा तोकिएको समयमा कार्य सम्पन्न गर्नका लागि गर्नु पर्ने सहजिकरणका बारेमा आयोजना निर्माण स्थलमा नै छलफल तथा अन्तरक्रिया गरिएको छ ।

आयोजनाको निर्माण कार्यलाई सिभिल तथा हाइड्रो–मेकानिकल कार्य, र इलेक्ट्रो–मेकानिकल कार्य गरि दुईवटा लटमा विभाजित गरिएको छ । यस आयोजनाको लट–१ सिभिल तथा हाईड्रोमेकानिकल कार्यको लागि ठेकेदार श्री जयप्रकाश एशाेसिएशन लिमिटेड, इन्डियासँग ठेक्का सम्झौता भई हाल कार्य भइ रहेको छ । सिभिल कार्य अन्तर्गत बाँध, इन्टेक, डिस्याण्डर, टनेल, सर्ज शाफ्ट, प्रेसर शाफ्ट, विद्युतगृह लगायतका कार्यहरु समावेश छन् । हालसम्म सिभिल कार्य अन्तर्गत करिब ८१ प्रतिशत भौतिक प्रगति भएको छ ।

यस आयोजनाको लट–२ इलेक्ट्रोमेकानिकल कार्यको लागि ठेकेदार श्री भरत हेभि इलेक्ट्रिकल लिमिटेड इन्डियासँग खरिद सम्झौता भई इलेक्ट्रोमेकानिकल सम्बन्धी कार्य भइ रहेको छ । इलेक्ट्रोमेकानिकल लटअन्तर्गत टर्बाइन, जेनेरेटर, गभर्नर, ट्रान्सफर्मर लगायतका उपकरणहरु आपूर्ति तथा जडान कार्य भइ रहेको छ ।

हाल सम्म इलेक्ट्रोमेकनिकल कार्य अन्तर्गत निर्माण व्यवसायीको प्लान्टमा भएको विभिन्न यन्त्र उपकरणहरुको निर्माण तथा सोको सफल क्ष्लकउभअतष्यल, निर्माण स्थलमा भइ सकेको आपूर्तिको प्रगति र जडान भइ सकेको प्रगतिको आधारमा हाल सम्म इलेक्ट्रोमेकानिकल कार्यको प्रगति करिब ५० प्रतिशत रहेको छ ।

आयोजनाबाट उत्पादित विद्युत राष्ट्रिय प्रणालीमा प्रसारण गर्न दाना–कुस्मा २२० के.भी. प्रसारण लाइनमा लुप इन लुप आउन प्रणालीबाट प्रसारण गरिने छ र सो को कार्य सम्पन्न भइ सकेको छ । आयोजना सम्पन्न भएपछि ऊर्जा आपूर्तिको समस्या समाधानमा महत्वपूर्ण योगदान पुग्नुका साथै स्थानिय स्रोत साधनको सदुपयोग र राष्ट्रिय आर्थिक सामाजिक विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img